सामाजिक सञ्जाल

जुद्धशम्शेर भन्दा संवेदनहीन र कमजोर ओली सरकारः खगेन्द्र संग्रौला

काठमाडौं । बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले  नेपालका राणा शासनका सातौं प्रधानमन्त्री जुद्धशम्शेर भन्दापनि कमजोर र  संवेदनहीन  अहिलेको ओली सरकार भएको बताएका छन् । सामाजिक सञ्जाल टवी्ट मार्फत जुद्धशमसेरका पालामा जनताले तत्कालै न्याय पाएपनि अहिलेको ओली नेतृत्वको वर्तमान सरकारको पालामा न्याय नपाउनुले सरकार मकजोर भएको बताएका हुन् ।

राणा कालमा बनेपामा भयङ्कर आगो लागेका बेलामा पीडितले त्यतिबेलाका शक्तिशाली प्रधानमन्त्री श्री ३ जुध्दशमशेरलाई आगो निभाइपाऊँ भनी विन्ती चढाउँदा उनले बेलायतबाट दमकल झिकाई तुरून्त आगो निभाइदिनू भनी तोक आदेश लगाउँदै कडा निर्देशन दिएको घटनालाई जोडदै अहिले दुई तिहाई मतको शक्तिशाली प्रधानमन्त्री भएपनि  आफ्ना बलात्कारी र हत्यारा पहिचान र कारबाहिमा नपर्दा  बालिका निर्मला पन्तको आत्माले शान्ति नपाएको तर्क प्रस्तुत गरेका छन् ।

अहिले मुलुकमा विभिन्न खालका अपराधीक घटना घटिरहँदासमेत सरकारले केहि गर्न नसकेको बताएका छन् । अहिलेको सरकारले निर्मला हत्याकाण्डमा छानबीन गर्न भने पनि केहि उपलब्धी नभएको बताउनको निश्कर्ष छ । साथै पुर्वराजा ज्ञानेन्द्र साहका छोराले एरपोर्टमा प्रहरीमाथि गरेकोे हातपातमा तुरुन्त अनुसन्धान सुरु भएपनि मानविय संमवेदनाका कुरामा अनुसन्धान नहुनु दुखद कुरा भएको ट्वीटको संकेत छ । 

 

उनको ट्वीटः बनेपामा भयङ्कर आगो लागेर पीडितले जुध्दशमशेरलाई आगो निभाइपाऊँ भनी विन्ती चढाउँदा जुध्दले बेलायतबाट दमकल झिकाई तुरून्त आगो निभाइदिनू भनी तोक लगाएछन्। अहिले निर्मला काण्डमा तुःन्याय दिन अनुसन्धान भको भयै थियो, पारसीय हातपातमा तुःन्याय दिन अनुसन्धान शरू भयो। धन्य महाराज जुध्द!