सामाजिक सञ्जाल

सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने ओली सरकारबाटै नेपाली जनता असुरक्षित महशुस् गर्दैछन्ः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले गणतन्त्र आएको भएपनि पञ्चायतकालीन समयमा जस्तै जनतालाई सरकारबाटै अशुरक्षा भएको बताएका छन् । नेता गुरुण्ले नेकपा चन्द्र र राजाबादी कमल थापाबाट सरकार र गणतन्त्रका बिरुद्धमा प्रहार हुन थालेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तीको प्रतिकृयास्वरुप नेता गुरुङले उक्त व्यंग्य गरेका हुन् ।

गणतन्त्रको विकल्प गणतन्त्र नै भएको स्वीकार्दै सरकारबाट जनतालाई अशुरक्षा महशुस हुनु राम्रो वा नराम्रो के हो सोचविचार पुर्याउन नेता गुरुङले नेकपा नेतृत्वको केपी सरकारलाई सम्झाएका छन् ।

नेता गुरुङले आफ्नो फेसबुक अकाउण्टमका लेख्दै भनेका छन्,
‘नेकपा चन्द र राजावादीहरुबाट राज्य प्रणालीमाथी प्रहार गर्न थालेको’ भन्ने सम्माननीय प्र.म.ज्युको भनाई प्रति सहमत ! गणतन्त्रको विकल्प गणतन्त्र नै हो। तर गणतन्त्रमा पनि पंचायतमा जस्तै जनताको सुरक्षा गर्नुपर्ने सरकारबाटै जनताले असुरक्षा महसुस गर्न थालेकाछन्। विचार पुर्याऔं । @pm_Nepal