कृषि

शक्तिमानको डिलर मिट होटल मकालुमा सम्पन्न

बीरगंज । कृषि क्षेत्रमा नेपालमै छुटै पहिचान बनाएको भारतीय कम्पनी शक्तिमानको डिलर मिट कार्यक्रम आज होटल मकालुमा सम्पन्न भएको छ । नेपालका लागि अधिकृत विक्रेता मनोज इन्टरनेशनलको आयोजनामा डिलर मिट कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीले विगतमा उत्पादन गरेका कृषियन्त्रको प्रगति तथा विश्वसनीयता विषयमा छलफल भएको थियो ।

सोअवसरमा कम्पनिका संचालकहरुले कृषियन्त्रको उत्पादन गर्ने यस कम्पिनिले आगामी दिनमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी अझ नयाँ कृषियन्त्र निर्माण गर्ने दावी गरेका छन् ।

शक्तिमान कम्पनीका नेशनल हेड रवि माथुर, नेपाल–विहारका बजार व्यवस्थापक विकाश झा तथा मनोज इन्टरनेशनलका सञ्चालक सजन चाचानले कार्यक्रममा डिलरहरुसँग छलफल गरेका थिए । सोअवसरमा मनोज इन्टरनेशनलका प्रतिनिधि धु्रव साहले कार्यक्रममा सहभागी अतिथि एवं डिलरहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।