विचार/ब्लग

रवि दाई नआत्तिनुस् ! तपाईलाई परेको अन्यायबिरुद्ध हामी तीन करोड जनता मर्न सम्म तयार छौं

सविना अधिकारी / रवि लामिछाने एक देशभक्त र न्यायप्रेमी नेपाली नागरिक हुन् भन्ने कुरामा कुनै दुबिधा नै छैन । रवि लामिछाने अहिले ज्युज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाउदै आएका छन् । केहि समयको अमेरीका बसाइपछि उनी नेपालमा आएर केहि राम्रा काम गरौँ भन्ने उद्येश्य बोकेर अमेरीका जस्तो शहर छोडेर नेपाल आई आफ्नो ज्यानको बाजी राखेर भएपनि विभिन्न नेपाली जनताको सेवामा खटिदै आएका छन् तर हाम्रो देश भ्रष्टचार, गुण्डागर्दी, तस्करी, चम्चागिरी लगायतका कुराहरुले रुमलिएको र राजनीति गर्ने नेताहरुको असक्षमताकाबीच चलिरहेको हुनाले उनलाई टेलिभिजन कार्यक्रममार्फत कार्यक्रम चलाउन सहज भएको देखिन्न । तीन करोड नेपाली जनताको हीतमा दुःखी जनताहरुलाई सधैं साथ सहयोग र मायामा कहिल्यै कमी हुन नदिने उनको बचन अनुसार पत्रकारिताको माद्यमबाट समाजका बिकृति, बिसंगती, भ्रष्टाचार हटाउन लागिपरेका उनीमाथी पछिल्लो समयमा उनका पूर्वसहकर्मी शालीकराम पुडाशैनीको आत्मा हत्यामा दुरुत्शाहन गरेको केशमा अनुसंधानका लागि प्रहरीको हिराशतमा छन् ।

कैलालीकी १३ बर्षीया बालीका निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा खै दोषीले कानुनी सजाय पाएका ? उनीमाथी अन्याय गर्ने को त? त्यतिकै सेलाएर गएको हो त घटना ? कतिपटक सरकारले अनुसंधानका लागि समितिहरु बनायो तर ख्वै त अनुसंधान टुंगोमा पुगेको ? शालिकरामको हत्या भएको वा आत्माहत्या पहिला पत्ता लगाउनुपर्यो, त्यसपछि हत्या भएको भए त्यसलाई कडा कारबाही गर्नुपर्यो, आत्माहत्या भएको र आत्मा हत्या गर्न दुरुत्शाहन गरेको भए जोसुकैभएपनि कानून बमोजिम कारबाही गर्नुपर्यो भन्ने कुरामा म लगायत सबै नेपालीहरु सहमत छन् तर यतिमात्र हो कि रविलाई फसाउने वा दुःख दिने नियतले गरिएका यस्ता कृयाकलापले उक्त घटनाको टुंगो लाग्ने देखिदैन ।

हाम्रो मुलुकमा देशको सेवा गर्ने अधिकाँस राजनीतिक दलका नेताहरुले दुःखी, अशहाय, अन्यायमा परेको नागरिकलाई न्याय दिनुपर्ने भएपनि मतदानको बेला आफ्नो पक्षमा भोट पार्न जनतालाई साथ सहयोगको आश्वासन दिने तर जितेपछि सबै बचन बिर्षिने परम्परा नै बनिसकेको छ । यदि नेपालमा राजनीति छ, समाजसेवा कसैले गर्छ भने अहिले ईमान्दार निडर र साहासिलो पत्रकार रवि लामिछानेको पक्षमा बोल्नुपर्छ, ईमान्दार र व्यक्तीगत वा समूहगत फाईदाभन्दा बाहिर बस्ने जो कोही नेपाली जनताको आँखामा आशु आईरहेको बेला दुईतिहाई मतको नेकपा सरकार उनलाई फसाउने षयन्त्रमा फसेको छ भने सरकार बाहिरका दलहरु उनको पक्षमा कडा रुपमा पश्तुत भएका देखिदैनन् ।

सरकारले पुरा गर्नुपर्ने भ्रष्टाचार बिरोधी नारालाई लामिछानेले आवाजमार्फत बलियो बनाउने कार्य गगेका छन् । उनले आफ्नो ज्यान, घरपरिवार केहि नभनी केवल विदेशमा अलपत्र महिला, स्वदेशका दुःखी जनताको सेवामा लागि परेका छन् रवि लामिछाने । देशझक्त र न्यायप्रेमी नेपाली हौं भने हामीले उनको प्रसंसा गरेर गरि साध्य हुदैन र जति गरेपछि कमै हुन्छ । उनले नेपाल विदेश सम्मका अन्यायमा परेका नेपालीहरुलाई साथ, सर्मथन र हौसला दिदै त्यसमा आफुपनि कुरीति र विसंगतिलाई हटाउन, उद्दार गर्न लागि परेको उदाहरणहरु सबै नेपालीहरुलाई छर्लंग नै छ ।

रवि लामिछाने जस्तो एक सच्चा, इमान्दारि, कर्तव्यनिष्ट, नीडर, हामी सबैको नेपालीको भित्रि मनभित्र भएका मान्छे पछिल्लो समयमा कोही पनि छैन । उनको लोकप्रीय न्यूज २४ मा संचालित कार्यक्रम सिधा कुरा जनाता सँगले नेपाली दुःखी जनतालाई धेरै राहत मिलेको छ । भ्रष्टचारी नेता देखि सरकारी कर्मचारीहरुको गैर कानुनी, भ्रष्ट कृयाकलापको पर्दाफास भएको छ र सोझा सिधा जनताले न्याय पाएका छन् । उनको कामले देश देखी विदेशमा बस्ने अन्यायमा परेका जनताको साथ र समर्थनमा कहिल्यै कमि आउने छैन । उहिलेको भनाई थियो ‘न्याय नपाए गोर्खा जानु’, तर अहिले भने ‘न्याय नपाए सिधा कुरा जनता संग जानु’ भन्ने भनाई सार्थक हुदै आइरहेको जनताले महशुस गरिरहेको कुरा हो । तर एकाएक रबि लामिछाने प्रति सोच्न नसकिने कुरा राज्यमा चलेकोले म लगायत एउटा राम्रो चाहने नेपाली नागरिकका लागि निःसब्ध बनाएको छ ।

रविले कार्यक्रममा भ्रष्टाचारीलाई नाङ्गो बनाएका थिए, कतिपय उनलाई सिध्याउन लागिपरिको सार्बजनिक रुपमा सबैलाई थाहा नै होला, कतिपय प्रहरी अधिकारी, कर्मचारी, नेकपा अधयक्ष पुष्पकमल दहाल लगायतका नेताहरु, समाजसेवाको नाममा लुट मच्चाउनेहरु रविलाई फसाउन लागि रहेका थिए भन्ने टिप्पणी आईरहेको छ । रविलाई फसाउने दुश्प्रयास नगर्नु होला रविको साथमा हामी तिन करोड जनता मर्न तयार छौं ।

यतिबेला राज्यमा रवि कै सहकर्मी शालिकराम पुडासैनीको आत्मा–हत्यालाई लिएर बिभिन्न कोण र शिराबाट अनेक थरि कुरा उठिरहेका छन् । के साच्चै रवि त्यो हद सम्म जान सक्ने ब्यक्ति हुन् त ? रवि कै कारणले पुडासैनीले आत्महत्या गरेका हुन् त ? हो, मान्छेले गल्ती पनि गर्न सक्छ तर जहाँ जसको दुःखमा साथ दिएर आफु भन्दा पनि माया गर्ने जनतालाई आत्महत्या गर्न बाध्य बनाउलान् त रविले ? के पुडासैनी मर्नुपुर्वको भिडियो कै आधारमा रविलाई जेल हाल्न मिल्छ त ? जुन कुरा पुडासैनी ले भनेका छन् दाई मलाई मर्न बाध्य पारिएकोमा तपाईलाई पाप लाग्छ भनेर के यो शब्द साँच्चै कसैको डर धम्की बिना आफ्नै मनबाट नै भनेका थिए त ? उन्नती प्रगति देख्न नसक्ने मान्छे हुन् त रवि ? यदि त्यस्तो हुन्थे भने आफ्नो ज्यान नै धराप हुने गरि किन सबको उद्दार गर्थे होलान् ? ढिला चाँडो तपाईको अश्लीरुप देख्न पाउनेछन् भनेका छन् पुडासैनीले के यो साच्चै रविकै कारण भएको होला त ? अनि रविले दुश्मनी गर्ने स्तर हो त शालीकरामको ? कुन फाईदाका लागि रविले शालिकरामको आत्माहत्याका लागि दुरुत्शाहन गरे त ? यस्तै यस्तै प्रश्नहरु खेलिरहन्छन् ।

यस्ता प्रश्नहरुको उत्तर पहिला राज्यले खोज्नुपर्छ अनि उत्तर भेटिएपछिमात्र रविलाई जेल हाल्नुपर्छ । रविले कार्यक्रममा भ्रष्टाचारीलाई नाङ्गो बनाएका थिए, कतिपय उनलाई सिध्याउन लागिपरिको सार्बजनिक रुपमा सबैलाई थाहा नै होला, कतिपय प्रहरी अधिकारी, कर्मचारी, नेकपा अधयक्ष पुष्पकमल दहाल लगायतका नेताहरु, समाजसेवाको नाममा लुट मच्चाउनेहरु रविलाई फसाउन लागि रहेका थिए भन्ने टिप्पणी आईरहेको छ । रविलाई फसाउने दुश्प्रयास नगर्नु होला रविको साथमा हामी तिन करोड जनता मर्न तयार छौं । उनको न्यायका लागि हामी विश्वभर बस्ने नयाय चाहने जनता एकै चिहान भएर मर्न तयार छौं । रवि लामिछाने दाईलाई नआत्तिन आग्रह गर्दै तपाईलाई परेको अन्यायबिरुद्ध हामी तीन करोड जनता मर्न सम्म तयार छौं भन्ने पुनः विश्वास दिलाउन चाहन्छु । 

रविलाई त्यही भिडियोका आधारमा जेल हाल्ने हो भने शालीकरामले नेकपा अधयक्षद्वय केपी शर्मा ओली, राष्ट्रपति बिद्यादेवी भण्डारी र नेकपाका अर्का अधयक्ष पुष्पकमल दहालको पनि नाम लिएका छन् नि, कि उनीहरुलाई पनि पक्रनुपर्यो, त्यो भिडियो पनि बाहिरिसकेको छ नि, पहिला एडिट नगरिएके भिडियो । त्यसै गरि रवि लामिछाने लाई अनुसन्धानको लागि भनेर ५ दिनको म्याद थप गरेको नि पुरा भएर पुनः म्याद गपका लागि अदालत लगियो, अदालतले अनुसंधानका लागि पुनः पाँच दिन म्याद थपिदियो ।

प्रहरीले घटना भएपछि अनुसंधानका लागि जसलाई पनि हिराशतमा लिन पाउनुपर्ने कुरामा म पनि विश्वास गर्छु तर हाम्रो भनाई दोषी उम्कन नपाओस र निर्दाेसलाई नफसाईयोस् यो माथिल्ला निकायका मान्छेले बुझनु जरुरी छ । हो मान्छेबाट गल्ति हुदै हुदैन भन्न सकिदैन चाहे जो सुके किन नहोस, जस्तो सुकै दोषीलाई पनि कानुनी रुपमा अनुसन्धान गर्नै पर्छ । कैलालीकी १३ बर्षीया बालीका निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा खै दोषीले कानुनी सजाय पाएका ? उनीमाथी अन्याय गर्ने को त? त्यतिकै सेलाएर गएको हो त घटना ? कतिपटक सरकारले अनुसंधानका लागि समितिहरु बनायो तर ख्वै त अनुसंधान टुंगोमा पुगेको ?

अदालतले पनि न्याय गर्छ, रविमाथी भएका अन्यायका बिरुद्धमा फैसला गर्छ र तीन करोड नेपालीको मन जित्छ भन्ने विश्वासमा हामी अडेका छौं । कयौं प्रहरीले दर्ता गराएका मुद्धामा अदालतले बिरुद्धमा फौसला गरेका नजिरहरु प्रशस्त छन्, हाम्रो समाजमा, म रवि लाछिानेको अन्धभक्त भन्दा पनि सही कुराको पक्षमा नबोली, नलेखी नसकेर जानी नजानी दुई शब्द सत्यको पक्षमा लेख्ने प्रयास गरेको हुं, बाँकी निर्णय न्यायपे्रमी दाजुभाईदिदीबहिनीहरुका हातमा !

शालिकरामको हत्या भएको वा आत्माहत्या पहिला पत्ता लगाउनुपर्यो, त्यसपछि हत्या भएको भए त्यसलाई कडा कारबाही गर्नुपर्यो, आत्माहत्या भएको र आत्मा हत्या गर्न दुरुत्शाहन गरेको भए जोसुकैभएपनि कानून बमोजिम कारबाही गर्नुपर्यो भन्ने कुरामा म लगायत सबै नेपालीहरु सहमत छन् तर यतिमात्र हो कि रविलाई फसाउने वा दुःख दिने नियतले गरिएका यस्ता कृयाकलापले उक्त घटनाको टुंगो लाग्ने देखिदैन । यस्तै हो भने कानून त दुःखी, गरिब र सत्यमा अडिग रहनेका लागि मात्र हो, तै पनि सत्य तथ्य कुरा छिटो भन्दा छिटो बाहिर आएर रवि लामिछाने निर्दास सावित भएर बाहिर आएको हेर्ने ठूलो धोको छ हामी विश्वभर बस्ने तिन करोड जनताको । उनले आफू जेलभित्रै अशुरक्षित छु भनेर सार्वजनिक अपिल गरेका छन्, उनले देश विदेशमा बस्ने समर्थकलाई पाँच मिनटमात्र हिराशतबाट बाहिर निकाले आफु निर्दोस रहेको प्रमाणित गर्ने दाबी गरिसकेको अवस्थामा राजनिितक दल, नागरिक समाज, जिम्मेवार निकाय मौन बसेको देख्दा पनि समाज नै छैन कि जस्तो देखिएको छ । 

साँच्चिनै आज शब्दबिहिन बनायो, आजको थप पाँच दिन हिरासतमा राख्ने अदालतको आदेशले । अब पुनः अदालतको आदेश मान्ने हामी अनुशासिन तेपालीहरुकाबीचमा रविलाई दुरुत्शाहन मुद्धामा पाँच बर्ष जेल सजाय नतोकोस् । अदालतले पनि न्याय गर्छ, रविमाथी भएका अन्यायका बिरुद्धमा फैसला गर्छ र तीन करोड नेपालीको मन जित्छ भन्ने विश्वासमा हामी अडेका छौं । कयौं प्रहरीले दर्ता गराएका मुद्धामा अदालतले बिरुद्धमा फौसला गरेका नजिरहरु प्रशस्त छन्, हाम्रो समाजमा, म रवि लाछिानेको अन्धभक्त भन्दा पनि सही कुराको पक्षमा नबोली, नलेखी नसकेर जानी नजानी दुई शब्द सत्यको पक्षमा लेख्ने प्रयास गरेको हुं, बाँकी निर्णय न्यायपे्रमी दाजुभाईदिदीबहिनीहरुका हातमा !