आर्थिक

एभरेष्ट बैंक र नेशनल प्याबशनबीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले हालै नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याबशन) सँग सम्बन्ध विकास र विस्तार गर्दै इबीएलको सेवाहरु नेशनल प्याबशनको सदस्य स्कुलहरुमा प्रवद्र्धन गर्न साझेदारी पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार, नेशनल प्याबशनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंक लिमिटेडको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग पर्‍याउनेछ ।

ईबीएलले पनि नेशनल प्याबशनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाई (१०.६२% (बेस रेट २.५०%) आरओआईमा एसएमई क्रृण दिने सहमति जनाएको छ ।

साथै दुई संस्थाबीच दिर्घकालिन सहकार्य सम्बन्धी अन्य विभिन्न विषयहरु यस एमओयूमा उल्लेख गरिएको छ । “सर्भिस विथ स्माइल” नारा सहित एभरेष्ट बैंक सदैव ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

एभरेष्ट बैंकका सिईओ सोमेश्वर सेठ तथा नेशनल प्याबशनका अध्यक्ष रितु राज सापकोटाले एकआपसमा एमओयू साटा–साट गरेका छन् । एभरेष्ट बैंकले प्रदान गर्ने सेवा तथा सहकार्यका विषयमा नेशनल प्याबशनको वार्षिक अधिवेशनमा छलफल गरिएको थियो ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।