मनोरञ्जन

सन्तोषको स्वरमा ‘चौतारीको बर’ गीत सार्वजनिक

काठमाडौँ । २०७० सालमा ‘मज्जा छुट्टै’ एल्बम सार्वजनिक गरिसकेका गायक सन्तोष अधिकारी नेपाली गीत संगीत क्षेत्रमा परिचित नाम हो । हाल युरोपमा रहेका गायक अधिकारीले ७० साल यता सिंगल ट्रयाक निक्लादै आइरहेका छन् । करिव ५ बर्ष शास्त्रीय संगीत सिकेका उनले गीत, गजल र क्लासिकल फ्लेभरका गीत संगीत मार्फत स्रोता दर्शकलाई मनोरन्जन दिँदै आइरहेका छन् ।

करिब २ वर्षको अन्तराल पछि उनि फेरि आफ्नो उत्कृस्ट अर्ग्यानिक टेस्टको ‘चौतारीको बर’ बोलको म्युजिक भिडियो लिएर दर्शक स्रोता माझ आएका छन् । यस गीतमा स्वर सन्तोष अधिकारीको रहेको छ भने लय संकलन चर्चित संगीतकार दिपक शर्माको रहेको छ । गीतका शब्द सुमन बैरागी पण्डितले लेखेका हुन् ।

रमाइलो डानसिङ प्याट्रनको गीतमा सन्दिप क्षेत्री र समिक्क्षा पोखरेलको अभिनय रहेको छ । भिडियोलाई प्रशान्त तामाङले कोरियोग्राफी गरेका हुन् । चौतारीको बरको वरीपरि शुट गरिएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन भने बिकाश दहालले सम्पादन गरेका हुन् । अर्जुन अधिकारीको निर्देशनमा बनको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । भिडियो हेर्नुहोस्ः