राजनीति

मरिहालोस् भन्नेलाई आउँदो चुनाबमा तयार भएर बस्न प्रधानमन्त्री ओलीको चुनौती

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष अखडामा रहने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर अनेकौँ चर्चा भईरहेको र आफूलाई मरिहालोस् भन्नेहरुलाई आउँदो चुनाबमा सामना गर्न तयार भएर बस्न आग्रह गरेका छन् ।

उनले भने, ‘केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष बाँच्नेछु । विरोधीहरू अर्को चुनावमा अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।’

उनले आफू बिहीबार उपचारका लागि फेरी सिंगापुर जाने र आफूलाई अहिलेनै केही पनि नहुने कुराको जान्कारी दिए ।बैठकमा प्रधानमन्त्री आलीले कष्टपूर्ण दिन बिताएर बनाएको संविधानको संरक्षण आफैँले गर्नुपर्ने बताए ।