शिक्षा

नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला पाठ्यक्रम बन्दै

इटहरी । नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम सम्पन्न हुने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा इटहरीस्थित इटहरी मेट्रिक्सले आयोजना गरेको सो कार्यशालामा प्रदेश १ का १२ जिल्लाका चार महिलासहित २८ सहभागीले मूर्तिकला विषयमा प्रशिक्षण लिनुका साथै नेपालमै पहिलो मूर्तिकलाको पाठ्यक्रमसमेत निर्माण गरिएको मेट्रिक्स अध्यक्ष विक्रम श्रीले बताए ।

उनका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रु १२ लाख र अन्य सम्पूर्ण खर्च आयोजक संस्थाले व्यहारेको थियो । सो अनुकृति मूर्तिकला कार्यशाला यस प्रदेशका सहभागीले रुचिपूर्वक सहभागिता जनाएको बताए ।

इटहरीबाट पूर्व उत्तरमा रहेको सो मेट्रिक्स स्थानमा फाइवरजेल, धातु, जर्मन सिसा र आरसिसी गरी बनाइएका ८२ वटा मूर्ति छन् । ती मूर्ति प्रदेश १ मा ख्याति कमाएका मूर्तिकारदेखि अहिलेका नयाँ कलाकारसमेतले बनाएका छन् ।

यस स्थानमा ‘द थिङ्कर’ युद्धपछि चिन्तनतर्फ युगलाई सम्बोधन गर्ने तथा ‘द पिस’ जस्ता मूर्तिका नयाँ आयामलाई हेर्न मिल्ने स्थानको रूपमा यसलाई विकास गर्ने योजनासमेत रहेको अध्यक्ष श्रीले बताए ।