बाग्मती

सिन्धुलीमा ट्रान्सफर्मर भित्रको तामाको तार चोरी

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित गुटबजारमा बिजुलीको ट्रान्सफर्मर भित्रको तार चोरी भएको छ । केही दिन अघि नै ट्रान्सफर्मरभित्रको तामाको तार चोरी भए पनि बल्ल थाहा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

चोरहरुले ट्रान्सफर्मरभित्र रहेको झण्डै १२० केजी बराबरको क्राइल तामाको तार निकालेर लगेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिँचाइको लागि प्रयोग हुँदै आएको ट्रान्सफर्मरको तार चोरहरुले लगेपनि अन्य काम नलाग्ने सामान त्यतिकै छोडिएको अवस्थामा फेला परेको जिल्लास्थित विद्युत् प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर चोरी भएसँगै यस क्षेत्रका झण्डै ३०० परिवार समस्यामा परेका छन् ।