राजनीति

ओली सरकारका गलत कार्यबिरुद्ध कडा रुपमा प्रश्तुत हुन डा कोईरालाको कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले दुई तिहाईको सरकारले लोकतन्त्रमा प्रहार गरिरहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समीतिको हल विराटनगरमा आज आयोजीत एक कार्यक्रममा नेता काईरालाले सरकारले विभिन्न विद्येक लिएर लोकतन्त्रलाई कमजोर पारिरहेको बताएका हुन् ।

उनले मिडिया काउन्सील देखी लिएर भिनिन्न बिधेयक सरोकावालासंग छलफलनै नगरि सरकारले कस्तो विद्येयक ल्यायो भन्दै प्रश्न समेत गरेका छन् । सरकारले ल्याएको मिडिया काउन्सील बिधेयकले लोकतन्त्रलाई नै प्रभाव पार्ने उनको भनाई छ । मिडिया काउन्सील बलियो भयो भने लोकतन्त्र कमजोर हुँदै जाने उनले बताए ।

साथै उनले आफनो पार्टी लोकतन्त्र बचाई राख्नका लागि निरन्तर संसर्ष गरिरहेको बताएका छन् । वर्तमान सरकारले विभिन्न निकायलाई अबरोध पुग्ने बिधेयक ल्याएकाले मुलुकमा लोकतन्त्रलाई खतरामा पारिरहेको बताएका छन् । यस्तै मुलुकमा लोकतन्त्र कमजोर भयो भने राजतन्त्रको चलखेल हुने डर उब्जीएको उनको भनाईछ । मिडियाको अश्तित्व जोगाउनका लागि सरकारले ल्याएको बिधेयक सच्याउन माग गर्दै बिरोधमा उत्रन संचारमाध्यमलाई समेत उनले आग्रह गरेका छन् । नेता कोईरालले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाउँदै लुटतन्त्रमा मच्चिएर बढ्दो भ्रष्टचार र अपराध न्युनिकरणमा निकम्मा देखिएको बताए ।

एकातिर विद्रोहमा उत्रिएको विप्लब नेतृत्वको नेकपालाई राजनीतिक मुलधारमा ल्याउन नसक्नु र अर्काेतीर राजतन्त्र ल्याउने चलखेल हुँदासमेत केहि गर्न नसक्नुले वर्तमान सरकार इतिहासकै निकम्मा भएको बताएका छन् । साथै उनले पार्टिका नेता तथा कार्यकतालाई सरकारका गलत प्रबृति विरुद्ध डटेर सामना गर्न पनि आग्रह गरेका छन् ।