खेलकुद

साफ अण्डर–१५ मा आज नेपाल र भारत आमने– सामने हुँदै

काठमाडौं । पाचौं संस्करणको साफ अण्डर–१५ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज  भारतको सामना गर्दैछ । भारतको कल्याणीस्थित कल्याणी रंगशालामा नेपालले पहिलो खेलमा आयोजक राष्ट्रको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल मध्यान्ह १२ः१५ बजेपछि सुरु हुनेछ ।

उपाधि जित्ने लक्ष्य लिएको नेपाल पहिलो खेलमा बलियो टोली भारतलाई स्तब्ध बनाउने योजनामा रहेको छ । नेपालले हालसम्म अण्डर–१५ को उपाधि जित्न सकेको छैन । तर, पाँचौ संस्करणमा भने नेपाल उपाधि घर ल्याउने योजनामा रहेको छ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । भारतपछि नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आईतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ ।

नेपाली टिम

गोलरक्षक, ईश्वर गुरुङ, मनोज दाहाल, जिनस केसी डिफेन्डर, प्रज्ञान महर्जन, अभिषेक वाईवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा मिडफिल्डर स् जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौधरी, स्ट्राइकर, क्रिशन अधिकारी यादव, क्रिस सापकोटा, सुगन जिमी, शशांक बोहोरा