खेलकुद

ग्रीनल्याण्ड बास्केटबल आजबाट

काठमाडौं । चौथौं क्वीक्स चिजबल ग्रीनल्याण्ड अन्तर बिद्यालय बास्केबल प्रतियोगिता बुधबार आजबाट सुरु हुने भएको छ । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको तीन समूहमा ५२ टिमको सहभागिता रहेको छ ।

जुनियर छात्रतर्फ २४ टिम, सिनियर छात्रातर्फ १२ टिम र सिनियर छात्रतर्फ १६ टिम सहभागीता रहेको छ । जुनियर ब्वाईजमा भने कक्षा ८सम्म अध्यायन गर्ने ४ फिट १० इन्च सम्मका उचाई भएकाले सहभागिता जनाउन पाउने न्योपानेले बताए । क्वीक्स चिजबल प्रमुख प्रायोजकको रूपमा सहभागी हुदै आएको छ ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोग र बास्केटबल संघको मान्यता प्राप्त रेफ्रीहरूले सञ्चालन गर्ने प्रतियोगिता समग्रमा ८१ वटा खेलहरू संचालन हुने छन् । भाद्र १३ गते सम्म संचालन हुने प्रतियोगिताको अनुमानित बजेट ३ लाख रहेको छ । प्रतियोगिताको गतबर्षको सिनियर छात्र र सिनियर छात्रातर्फको च्याम्पियन आयोजक ग्रिनल्याण्ड स्कुल थियो भने जुनियरतर्फको उपाधि लाँलीगुरास स्कुलले हात पारेको थियो ।