खेलकुद

किर्गीस्तान एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबलको सेमिफाइनलमा

काठमाडौं । किर्गीस्तान नेपालमा जारी एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा मंगलबार माल्दिभ्सलाई ३(० को सोझो सेटमा पराजित गर्दै किर्गीस्तान अन्तिम चारमा पुगेको हो ।

किर्गीस्तानले माल्दिभ्सलाई २५(१५,२६(२४ र २५(१९ ले हरायो । माल्दिभ्सलाई हराएसँगै समुह ए को किर्गीस्तान लगातार दोस्रो जित निकालेर सेमिफाइनल पुगेको हो । जितसँगै किर्गीस्तान समूह विजेता बन्यो । किर्गीस्तानले पहिलो खेलमा नेपाललाई ३(० कै सेटमा हराएको थियो ।

माल्दिभ्सको भने यो पहिलो हार हो । माल्दिभ्सले अंक जोड्न सकेको छैन । अब यस समूहबाट सेमिफाइनलमा पुग्ने एक टोलीको तय हुन बाँकि रहेको छ । बुधबार नेपाल र माल्दिभ्सबीच हुने खेलको विजेताले उपविजेताका रुपमा यस समूहबाट सेमिफाइनलमा स्थान बनाउने छन् ।