राजनीति

माधव नेपाल ओली बिरुद्ध रुष्ट, प्रधानमन्त्रीबाट राजीनामा दिन प्रस्ताव दर्ता, सरकार संकटमा

काठमाण्डौ । नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छाड्नुपर्ने लिखित प्रस्ताव दर्ताए गराएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका प्रभावशाली नेता माधव कुमार नेपाललाई बरियताको तेस्रो नम्बरमा राखेपछि उनले अध्यक्ष ओलीसंग असन्तुष्ट हुंदै ७ बुंदे प्रस्तथाव नै दर्ता गराएका हुन् ।

बरिष्ठ नेता नेपालले कसैलाई जिम्मेवारीको चाङ त कसैलाई कामबिहीन बनाउदै आफ्नो मानमर्दनमा अपमान गरेको भन्दै पार्टी अध्यक्षमा पनि एक पद नीति लागू हुनुपर्ने प्रस्ताव दर्ता गराएका हुन् ।

सचिवालय बैठकमा नेता नेपालले प्रधानमन्त्री वा अध्यक्ष छाड्न ओलीलाई आग्रह गरेपनि ठाडै अश्व्कार गरेपछि अध्यक्ष दहालले पनि ओलीको विवेकले जे भन्छ त्यही हुनुपर्ने भनेका थिए । अध्यक्ष दहालले आफूलाई पार्टी अध्यक्ष दिए पुरा पाँच बर्ष प्रधानमन्त्रीमा अर्कँ अध्यक्ष ओलीलाई सहमती दिने संकेत दिएका थिए । अध्यक्ष दहालको तर्क भने ओलीलाई प्रधानमन्त्री बनाउदा होस् वा पार्टी एकता गर्दा होस पालैपालो प्रधानमन्त्री बन्ने सहमती भएपनि पार्टी अध्यक्ष पाएपछि ओलीलाई नै पुरा कार्यकाल दिने छ । बाम देब गौतमले पहिले पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक अध्यक्ष ओलीले छाड्नुपर्ने भनेकोमा उनको पावर नेकपामा कम हुंदै गएका कारण सुनुवाई भएको थिएन ।

बरिष्ठ नेता नेपालले बैठकमा नोट अफ डिसेन्ट लेख्दै ७ बुंदे असहमती दर्ता गरेपछि नेकपाभित्र हलचल पैदा भएको छ भने ओलीले अध्यक्ष वा सरकारमध्ये एक नछाडि नहुने स्थीति देखिएको छ । माधव नेपाललाई कि तेस्रो पोजिसनमा राख्नुपर्ने हुन्छ, त्यसो गर्दा अर्कँ बरिष्ठ नेता झलनाथ खनालले असहमती जनाउनेछन् । सबैभन्दा उत्तम विकल्प भनेको अध्यक्ष ओलीले एक पद छाड्नुलाई उत्तम ठान्ने सम्भावना देखिएको छ । माधव नेपालको प्रस्तावमा झलनाथ खनाल, बामदेव गौतम लगायनेताहरुको सहमती रहनेछ भने अध्यक्ष दहालले मौन सहमत्ी जनाउने र नेताहरुलाई भित्रभित्रै उचाल्ने अवस्थाको राजनीतिक विकास भएको नेकपाका एक नेताले सुर्यखबरलाई बताए । अधयक्ष दहालसमेत केपी ओलीले दुई पद लिईरहेकोमा असन्तुष्टी रहेको उयनको बुझाई छ । सरकार माधव नेपालको प्रस्ताव दर्ताबाट संकटमा परेको छ ।