आर्थिक

आइडिया नेपाल व्यासायिक सोच लिएका व्यक्तिलाई उद्यमी बन्न प्रेरित गर्दै

काठमाडौँ । आइडिया स्टुडियो नेपाल हरेक व्यक्तिको व्यासायिक सोचलाई उद्यमशिलतासंग जोडेर उद्यमी बन्न प्रेरित गर्दै समाजमा नै व्यवसायिक परिवर्तन गराउने एक उत्कृष्ट माध्यम हो ।

व्यक्तिको नविन र सकारात्मक सोचले नै नयाँ आविश्कार हुन सक्दछ र त्यसले समाज र राष्ट्रमा नै महत्वपुर्ण योगदान पुग्न सक्छ भन्ने ध्येयका साथ यस अघि आइडिया स्टुडियोका तिनै वटा सिजन सम्पन्न भइसकेका छन, र यो निकै प्रभावकारी साबित भइसकेको छ ।

सन् २०१४ बाट शुरु भएको आइडिया स्टुडियोमा मुलुकभरबाट १५०० भन्दा धेरै आइडियाहरु प्राप्त भइसकेका छन् भने ९० वटाभन्दा धेरै आइडियाहरुले सफलता पुर्वक व्यवसायिक बाटोमा यात्रा गरिरहेका छन् । आइडिया स्टुडियोमा आउनु अघि र आइसकेपछि आफ्नो सोच अनुसारको व्यवसायमा आएको परिवर्तन देखेर उद्यमीहरु निकै उत्साही अनि खुसी छन् ।

आइडिया स्टुडियो को चौथो सिजन शुरु भएको छ । चौथो सिजन बारे हालै पत्रकार सम्मेलनमा र्फत जानकारी दिइएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्नु हुँदै आइडिया स्टुडियो नेपालका चेयरपर्सन छिरिङ्ग लामाले धेरैको माया, सद्भाव, सुभावना र सहयोगले नै आइडिया स्टुडियोले आज सफलताको यो स्थान लिएको बताए । साथै उनले सोचलाई उद्योग सम्म पुर्‍याउने मुख्य नारा बोकेको आइडिया स्टुडियो सामाजिकन्यायको विषयमा सदैव सचेत रहेको पनि उल्लेख गरे ।

यस्तै आइडिया स्टुडियोको चौथो सिजनको सहयोगमा जुटेको डबलयु.डबलय.एफ.का नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ्गले उद्यमशिलता विकास र व्यवसायको विस्तार गर्ने क्रममा प्रकृति र पर्यावरण साथै पानीका स्रोतहरुलाई असर नपर्ने गरि गर्नुपर्ने बताए । साथै उनले आइडिया स्टुडियोलाई सुभकामना समेत दिए ।

यस्तै अर्का अतिथि, सिभिल बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले आइडिया स्टुडियो संगको सहकार्य एवम् सहयात्रा स्मरण गरे साथै उनले आगामी कार्ययोजनाका विषयमा समेत प्रकाश पारे ।

कार्यक्रमको समापन सत्रमा बोल्नु हुँदै आइडिया स्टुडियोको पहिलो सिजन देखिनै मिडिया पार्टनरको रुपमा रहेको मिटिङ्ग पोइन्टका प्रबन्ध निर्देशक शुरेश सिंखडाले आइडिया स्टुडियो शुरु गर्दाको अवस्थाका चुनौतीलाई स्मरण गराउनु हुँदै दृढता पुर्वक निरन्तर उदेश्यमुलक भएर अघि बढ्दै आज यो स्थान सम्म आइपुग्न सफल भएको अवगत गराए ।

सो पत्रकार सम्मेलनमा मेगा बैँककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली लगायत अन्य विभिन्न क्षेत्र र विधाका चर्चित व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

सोच देखी उद्योग सम्म भन्ने मुलनारा लिएर संचालित आइडिया स्टुडियोको चौथो सिजन थप परिष्कृत र प्रभावशाली ढंगले संचालन हुने अपेक्षा लिएका छौँ । आइडिया स्टुडियोको यस सिजनका लागि व्यक्तिको सोचलाई उद्योगसम्म पुर्‍याउनका लागि आफ्नो आइडिया पठाउने मिति यहि श्रावण १६ गतेबाट भाद्र १४ गते सम्मका लागि तोकिएको छ ।

यो मितिभित्र पठाइने उद्योग व्यवसाय सम्बद्ध आइडियाहरुले आइडिया स्टुडियो सिजन ४ का लागि स्थान पाउनेछन । निर्धारित मितिभित्र पठाइएका आइडियाहरुले टेलिभिजन रियालिटिशोमा स्थान पाउनुका साथै तालिमको व्यवस्थार उत्कृष्ट ठहरिएका ४ आइडियाहरुले रु. ५ लाख बराबरको सिड इन्भेष्टमेन्ट समेत प्राप्त गर्नेछन ।

मेड इन नेपाल, सोसियल इम्प्याक्ट, हाई फ्लाइन्ग र ग्रिनोभेसन गरि ४ विधाका उत्कृष्ट आइडियाले सिड इन्भेष्टमेन्ट प्राप्त गर्नेछन् । आइडिया पठाउने फारम भर्नका लागि www.ideastudio.org.np लगइन् गर्नु पर्नेछ ।

यस्तै आइडिया स्टुडियोमा कलेज आइडिया हन्ट मार्फत करिब एक सय कलेजहरुबाट विद्यार्थीहरुको आइडियाहरु खोजी भएको छ । आइडिया स्टुडियोको संस्थागत सहयात्रीको रुपमा काठमाडौँ विश्वविद्यालय र मिटिङ्ग पोइन्ट रहेका छन् भने, यो सिजनमा डबलयु.डबलय.एफ.को समेत सहयोग रहेको छ ।

नेपाली उत्पादन प्रबद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्‍याउने, प्रविधि सम्बद्धतथा हरियाली र पर्यावरण प्रबद्र्धन गर्ने आइडियाहरुले विशेष ग्राहयता प्राप्त गर्नेछन् । स्वनिर्भरता र आर्थिक समृद्धिको यात्रामा सहभागि भई आफ्नो सोचलाई आइडिया स्टुडियो मार्फत उद्योग सम्म पुर्‍याउन आइडिया स्टुडियो नेपाल परिवार सबै माहार्दिक अपिल गर्दछ ।