सूचना प्रविधि

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अपकोलाबोरेसन वर्कसप’

काठमाडौं । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमएले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपहरुकालागि एक दिने ‘स्टार्ट अपकोला बोरेसन वर्कसप’को आयोजना गरको छ । नेपालमा स्टार्ट अप कम्पनीहरु र मोवाइल सेवाप्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उदेश्य रहेको थियो ।

जिएसएमए विश्वभर संचालनमा रहेका७५० भन्दा बढि सेवा प्रदायकहरु र मोवाइल एकोसिस्टमका झण्डै ४०० कम्पनीहरुको साझा संगठन हो ।

यो कार्यशाला स्टार्ट अपहरुले कसरी मोवाइल सेवाप्रदायकहरुसँग साझेदारी गर्न सक्छन्, त्यसका लागि आवश्यक उपकरण तथा तयारी के कस्तो हुन पर्दछ भन्नेमा केन्द्रित थियो । यसमा ३० वटा स्टार्ट अपका ५० भन्दा बढि प्रतिनिधीेहरुको सहभागीता रहेको थियो । स्टार्ट अपहरुले नयाँ प्रविधि, अहिलेको ट्रेन्डस् र कसरी विभिन्न स्टार्ट अपहरुले अफ्रिका तथा एसियाप्या सेफिकमा टेलिकम कम्पनी, स्टार्ट अप र ग्राहकलाई लागि फाइदा हुने गरी मोवाइल सेवा प्रदायकसँग साझेदारी गराएका छन् भनेर जानकारी लिन पाएका थिए ।

“परिवर्तनशील दूरसञ्चार क्षेत्रमा टेलिकम कम्पनीहरुले अबमुख्य उत्प्रेरक बनेर दीगो व्यवसायका लागि संलग्न सबैको हितमा कामगर्न आवश्यक छ । टेलिकम कम्पनीहरुकालागि धेरै सम्भावनाहरु रहेका छन् र एनसेल स्टार्ट अपहरुसँग साझेदारी गर्न आशावादी छ,” एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफले भने ।

कार्यशालामा जिएसएमएको इकोसिस्टम एसेलेरेटर कार्यक्रमका मार्केट इन्गेजमेन्ट डाईरेक्टर मार्टिन कारान्जाले प्रमुख वक्ताका रुपमाकसरी मोबाइल अपरेटर र स्टार्ट अप बीचमा सहकार्य हुन्छ र कसरी नेपालमा पनि यस्तो मोबाइल अपरेटरहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

उनले जिएसएमएको मोवाइल फर डेभलपमेन्टका टिमहरुले आफ्ना ध्यान केन्द्रित गर्ने १० मुख्य पहलहरु क्लाईमेटटेक, असिस्टिभटेक, मोबाइल फर डेभलपमेन्ट युटिलिटिज्, मोवाइल फर ह्युमेनिटेरियन इनोभेसन, कनेक्टेड सोसाईटी, कनेक्टेड ओमन, डिजिटल आईडेन्टिटी, इकोसिस्टम एसिलेरेटर र एग्रिटेकका बारेमा प्रकाश पारेका थिए । यी पहलहरुका लक्ष्य भनेको मोवाइल प्रविधिका मार्फत विश्वमा असमानता घटाउनु हो । व्ययसायहरुले सामाजिक–आर्थिक विकासमा प्रभाव पर्ने गरी र आफ्नो व्यवसायको उदेश्यपनि परिपुर्ति गर्ने गरी काम गर्नुपर्ने कुरामा मार्टिनले जोड दिए ।

कारखाना, आईसिटी फर एग्रि, इ—सेवा, सोचवेयर, सारथी, फुडमारियो, खल्ती, हाम्रो बजार, लेट्ज गो, अभ्यास, सप्लाई बक्स, उपाय लगायत स्टार्ट अपहरुले यस कार्यशालामा सहभागीता रहेको थियो ।

टेलिकम कम्पनी र स्टार्ट अपहरुबीच सहकार्य आवश्यक रहेको बताउँदै सारथीका सह संस्थापक रवी सिंघलले भने, हाम्रो स्टार्ट अप पूर्ण रुपमा मोवाइल प्लेटफर्ममा आधारित भएकोले यो कार्यशालाले एनसेलसँग संम्भावित सहकार्यकालागि नयाँ बाटो खोलेको छ । सारथीले अनलाइनबाटै आवतजावतका लागि ट्याक्सी सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गर्छ । “हामी टेलिकम सेवाप्रदायकहरुसँग मिलेर कसरी दुवै कम्पनीहरु, ट्याक्सीड्राइभर र ग्राहकलाई लाभदिन सकिन्छ भनेर कामगर्न खोजिरहेका छौं । स्टार्ट अपहरुलाई प्रोत्साहन गर्न यस किसिमको कार्यशाला आयोजना गरिएकोमा हामी निकै खुसी छौ,” सिंघलले भने ।

“यस किसिमको कार्यशालाले हामी जस्ता स्टार्ट अपहरु र नीजि क्षेत्रकाबीचमा रहेको दुरी कम गरी एक अर्काबीचमा सहकार्य गर्नकालागि मद्दत पुर्याउछ,”कार्यशालाकाअर्का सहभागी सोचवयेरका प्रमुख कार्यकारी अधिकृत तथा सह संस्थापक ईदा रिजालले भनिन् । सोचवयेर आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफथिङ्गको प्रोडक्टहरुमा कामगर्ने एक स्टार्ट अपहो । योे २०१८ को माइक्रोसफ्ट इम्याजिनकप आर्टिफिसियल इन्टेलिजेन्स अवार्डस विजयता पनि हुन् ।

“हामीअझै धेरै सम्भावना भएको बजारमा रहेकाले अगाडी बढ्न रभुक्तानी प्रणालीलाई डिजिटाइज गर्नका लागि हामीले अझ धेरै काम गनुपर्ने छ,’’ भुतmानी सेवा प्रदायक खल्तीका रिसोर्स डेभलपमेन्ट अधिकृत सलोमी भट्टले भनिन्। खल्ती एक डिजिटल वालेट हो यसले नेपालमा वित्तिय कारोबारलाई डिजिटाइज गर्न महत्वपूर्ण भूमिका खेलेकोले हालसालै आईसिटी अवार्ड पनि पाएको थियो ।

यस कार्यशालामा सहभागी स्टार्ट अपहरुले जिएसएमए र एनसेल प्रतिनिघि समक्ष आफ्ना स्टार्ट अपहरुकाबारेमा पिच गर्ने मौका पाएका थिए । जिएसएमए इकोसिस्टम एसेलेरेटरको टिमले स्टार्ट अपहरु र त्यसका संस्थापकहरुकासाथ काम गरि मोबाइल अपरेटरहरुलाई आगामी दिनमा थप मुल्य प्रदान गर्ने किसिमले सेवा डिजाइन तथा कार्यन्वयनमा मद्दत पुर्याउनेछ । जिएसएमए इकोसिस्टम एसेलेरेटर प्रोग्रामले अफ्रिका र एसिया प्यासेफिकका मोबाइल सेवा प्रदायक र स्टार्ट अपसँगको सहकार्यलाइ अझै प्रगाढ बनाउन मद्दत गर्दछ ।