आर्थिक

एन आई सी ब्यालेन्सड् फण्ड इकाईको सार्वजनिक निष्काशन बन्द हुने

काठमाडौँ । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालन भएको दोश्रो बन्दमुखी योजना एन आई सी एशिया ब्यालेन्सड् फण्डको प्रति इकाई मूल्य रु.१०/– दरका १२ करोड ५० लाख इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक एन आई सी एशिया बैंक लिमिटेड तथा योजना व्यवस्थापक एन आई सी एशिया क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम १० करोड ६२ लाख ५० हजार इकाईको निष्काशन तथा बिक्री खुल्ला मिति २०७६/०४/०८ गतेदेखि मिति २०७६/०५/०५ गतेसम्म गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछ ।

यस एन आई सी एशिया ब्यालेन्सड् फण्डको इकाई खरिद गर्न ईच्छुक व्यक्ति तथा संघ।संस्थाहरुले यही मिति २०७६ भाद्र ५ गते बैंकिङ्ग समय भित्र आफ्नो सी–आश्वा खाता रहेको बैंक ताथ वित्तीय संस्था वा मेरोशेयर लगइन गरी अनलाईन मार्फत आवेदन गर्न सकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

उक्त ब्यालेन्सड् फण्डको इकाई खरिद गर्नको लागि प्रचलित सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ।संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्नेछन् ।