समाचार

भिडियो कन्फ्रेन्समा आफ्नो भूमिका र दायित्वबारे छलफल

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सहितको नेपालको संविधानको धारा ८३ ले संघीय व्यवस्थापिका र धारा १७५ मा प्रदेश व्यवस्थापिकाको व्यवस्था गरेको छ । संविधानको व्यवस्था बमोजिम नेपालमा पहिलोपटक संघीय संसदसँगै प्रदेश सभाहरुको गठन र सञ्चालन भइरहेको छ । हाम्रो लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको अभ्यास लामो भए पनि प्रदेश सभाहरुले पहिलोपटक अभ्यास गरिरहेका छन् ।

संघीयतालाई बलियो बनाउन पहिलोपटक अभ्यासमा रहेका संस्थाहरुबीच आपसी सहकार्य हुन आवश्यक छ । संघीय संसद सचिवालयले केन्द्र र प्रदेश तहका संसदबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले मंगलबार पहिलोपटक काठमाडौंको चन्द्रागिरीमा भेला गरेको थियो । त्यसपछि ३ नम्बर प्रदेश सभाले चितवनमा २०७५ साल मंसिर २९ गते अन्तरप्रदेश सभा अनुभव आदान प्रदान कार्यक्रम आयोजना गर्‍यो ।

यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिने योजना रहे पनि प्राविधिक रुपमा अहिले एकै ठाउँ उपस्थित हुन सम्भव भएन । अतः एक वर्षको अनुभव, सिकाइ र अभ्यास आदान प्रदान गर्न पहिलो पटक हामीले प्रविधिको प्रयोग गर्दै प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र सात वटै प्रदेश सभाका उपसभामुखहरुबीच भिडियो कन्फ्रेन्स गरेका छौं ।

भिडियो कन्फ्रेन्समा हामीले आफ्ना अनुभवहरु साटासाट गरेका छौं । संसदलाई प्रभावकारी बनाउन उपसभामुखले खेल्नुपर्ने भूमिका र दायित्वबारे पनि छलफल गरेका छौं । भिडियो कन्फ्रेन्समा भएका छलफलबारे उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र सात वटै प्रदेश सभाका उपसभामुखले सम्बन्धित सभाका पदाधिकारीहरुसँग छलफल गर्ने र थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिएका छौं ।

सातवटै प्रदेशका उपसभामुखहरुको तर्फबाट
मा. डा. शिवमाया तुम्बाहाङ्फे, प्रतिनिधिसभाको उपसभामुख
मा. शशिकला दाहाल, राष्ट्रिय सभाको उपाध्यक्ष,