समाचार

स्वास्थ्यमन्त्रीलाई प्रश्नः प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपालसँग नभएको हो ?

काठमाडौँ । एकपटक सिंगापुरमा स्वास्थ्य जाँच गरि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागी फेरी त्यसतर्फ जाने भएका छन् । सोही कुरालाई प्रतिनिधिसभाको बैठकमा चर्चा गर्दै सांसदले प्रधानमन्त्री ओलीको उपचार गर्ने क्षमता नेपालसँग छैन र भनी उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई प्रश्न गरेका हुन् ।

मंगलबार बसेको बैठकमा सांसद प्रेम सुवालले सो प्रश्न स्वास्थ्यमन्त्री यादवसामु राखेका हुन् । प्रधानमन्त्री ओली डाक्टरको सिफारिसमा स्वास्थ्य उपचारको निम्ति सिंगापुर गएका हुन् भनी उपप्रधानमन्त्री यादवले जवाफ दिए ।

“स्वदेशमै धेरै रोगको उपचार भईरहेको छ”,उनले भने । स्वास्थ्यमन्त्री यादवले नेपालमा सबै उपचार सम्भव भएपछि र उपचारका लागी उपकरण उपलब्ध भएपछि स्वास्थ्य जाँचका निम्ति बाहिर जानु नपर्ने कुरालाई जोड दिए ।