समाचार

सिंहदरबारमा मृत भेटिए योजना आयोगका सुब्बा केसी

काठमाडौँ । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चुराम केसी सिंहदरबारस्थित कार्यलयमा मृत फेला परेका छन् । मंगलबार मध्य १२ बजेतिर उनको शव कार्यलयमा भेटिएको हो ।

आयोगका प्रवक्ता किरण रुपाखेतीले केसी अघिल्लो रात घर गएको।नगएको उनलाई जानकारी नभएको बताए । “केसीले विष सेवन गरेर आफ्नो ज्यान लिनुभएको रहेछ”,उनले भने ।

केसी कार्यलयमा मृत अवस्थामा रहेको कुरा आज दिउँसो १२ बजे मात्र थाहा पाएको पनि प्रवक्ता रुपाखेतीले बताए ।