विचार/ब्लग

पैसा, बैँश र पावरको भरमा अन्धो नबनौ

सविना अधिकारी / “पैसा” अनि “बैँश” अनि “पावर” सुन्दा नराम्रो या राम्रो लाग्नु मान्छे अनुसार फरक हुन्छ, मानिसको जीवनमा सबैलाई मनपर्ने कुरा हो । पैसा शब्दको अर्थ बेग्दै र बैश शब्दको अर्थ बेग्दै भएपनि दुबैको महत्व भने एकै हो कि भन्ने बुझिन्छ । जतिसुकै पैसा कमाएपनि त्यो रहँदैन, कुनै न कुनै काममा प्रयोग गरिन्छ, घरजग्गा खरिद गर्न होस् वा अन्य कार्यमा खर्च गर्नुपरोस पैसा हामी कसैको हातमा रहिरहने चीज हैन । पैसा क्षणिक भरको खुसिको लागि भएजस्तै बैँश पनि क्षणिक भरको लागि नै हो । “पैसा” अनि “बैँश” पढ्दा मात्र फरक शब्द तर यी दुबैको अर्थ उस्तै उस्तै हुन्छ । दुबै कुरा मानिसलाई नभई नहुने हो र जीवन भर नरहने कुरा पनि । न पैसा नै रहन्छ न बैँश नै । हरेक मानिस एकपटक जन्मन्छ, एकपटक १६ बर्षको हुन्छ, एकपटक मर्छ, ८० बर्षको मानिसले म पुनः जन्मन्छु वा पुनः १६ बर्षको हुन्छु भन्दा पाँउदैन, यो प्राकृतिक नियम नै हो । यसको अलवा पावर पनि मानिसको महत्वपूर्ण रहन्छ, हर मानिसले आफू पावरमा बस्न चाहेको हुन्छ । कसैले प्राप्त गर्न सक्छ त कसैले सक्दैन त्यो फरक कुरा हो प्रायः हर मानिसको चाहना त्यही हुन्छ । 

मानिस एकपटक जन्मन्छ, एकपटक १६ बर्षको हुन्छ, एकपटक मर्छ, ८० बर्षको मानिसले म पुनः जन्मन्छु वा पुनः १६ बर्षको हुन्छु भन्दा पाँउदैन, यो प्राकृतिक नियम नै हो । यसको अलवा पावर पनि मानिसको महत्वपूर्ण रहन्छ, हर मानिसले आफू पावरमा बस्न चाहेको हुन्छ । कसैले प्राप्त गर्न सक्छ त कसैले सक्दैन त्यो फरक कुरा हो प्रायः हर मानिसको चाहना त्यही हुन्छ । 

हामी आफन्त वा जो कोही सँग पनि पैसाको लागि झगडा, मारकाट, तछाडमछाड, बाझाबाझ, मुद्धामामिला गर्छौँ किनकी जीवनलाई सहज रुपमा चलाउन पैसा महत्वपूर्ण रहन्छ, छोराछोरी पढाउन होस वा उपचार गराउन वा विलासी जिवन जिउन होस् । पैसा भएन भने हाम्रो हर आवश्कता पुरा गर्न गाह्रो पर्छ, बाँकी रह्यो नैतिकता नै बेचेर पैसातिर लाग्ने वा आदर्शबादी भएर देश र विश्वले अबलम्बन गरेका कानूनहरुमा रहेर पैसा कमाउने भन्ने फरक कुरा हुन् ।

यसको लागि घमण्ड नगरौँ एक दिन न एक दिन पैसा पनि छोडेर जानै पर्छ र बैँस पनि । पैसा र बैँसले मान्छेलाई यति अन्धो बनाउँछ की आफन्त साथीभाई सब सँग रिसाएर बोल्नै छोड्दिन्छौँ । यति धेरै पनि नरिसाउनु कि यो “पैसा” अनि “बैँश” सकिएपछि आफन्त साथिभाई सँग बोल्न र भेट्नको लागि कुने वाक्य नभएर बाहना खोज्नु नपरोस । त्यसैले “पैसा” अनि “बैँस” लाई एकातिर थाति राखेर सकेसम्म कसैको मन नदुख्ने गरि नम्र बोल्न र व्यवाहार गर्न तिर लागौँ ।

विश्वमा नै “पैसा” अनि “बैंश”का धनीहरुले आवेगमा भनौँ या घमण्डमा वा अन्जानमा जे भएपनि कमजोर मानिसलाई घोचपेच गरिरहेका हुन्छन् । घोचपेच वा हेपाई पनि घंगरुका काँडा भन्दा बचनका काँडा तिखा हुने गरि घाउहरु सदा सदा बल्झिरहने गरीन्छ, जसले पैसा वा बैंशमा कमजोरलाई जिन्दगीभर मुटुमा बिझिरहेको हुन्छ, जुन काँडा कतिपय मानिसबाट निकाल्न सम्भव नै छैन । बरु विश्वमा क्यान्सरको औषधीले मानिस बाँचेका होलान्, एचआईभेबाट मानिस बाँचन सक्लान तर यस्ता प्रकारका हेपाईले मानिसमा डिप्रेशनमा परेर मानिसहरुले आत्माहत्या गरेका उदाहरण सम्म भेट्न सकिन्छ ।

उदाहरणका लागि मान्छेको जीवनमा “पैसा” अनि “बैँश” को घमण्डको समयमा गरेका हर गल्तिलाई सहजै पचाउन खोज्दछ, उसलाई न समाजको डर, न आफन्तजन, न त मित्रहरुको ! सजिलै सोच्दछ कि पैसाले कानूनलाई प्रभावमा पार्छु, बैस वा उमेरले कानूनलाई नियन्त्रणमा लिएर आफ्नो बसमा पार्छु ।

नेपालजस्तो विकासोन्मुख मुलुक होस् या अमेरिकाजस्तो विश्वको शक्तीसम्पन्न मुलुक, या त समाजबादी व्यवस्था भएको, या त प्रजातान्त्रीक या त गणतान्त्रीक यो सबै मानिस वा मुलुकमा देखिएको समस्या हो । त्यसैले कोहि आफ्नो घर परिवार आफन्त या साथिभाई कोहिसँग नि सम्बन्धलाई विगार्ने काम नगरौँ विश्वासको भरमा जिउँने काम गरौं, पैसा, बैश र पावरको उचित प्रयोग गरेर समाजलाई आर्थिक, राजनीतिक, सामाजिक रुपमा अगाडि बढाउने कार्यमा प्रयोग गरौं ।

“पैसा” अनि “बैँस” र “पावर” रहुन्जेल हामी गल्ति गरिरहेका हुन्छौँ, अन्धकारमा रमाईरहेका हुन्छौं । पहिले गरेका गल्तिलाई विर्सन्छौ, अहिलेपनि गरिरहेको गल्तीलाई स्वीकार्दै सुध्रिन खोज्दैनौ, एक प्रकारमा पैसा, बैैश र शक्तीका भरमा हामी अन्धो भईरहेका हुन्छौं । कुनै समय हामीसंग व्यावशाय डुवेर होस्, वा जगीर गएर होस वा कुनै कारणच होस प्रसा समाप्त हुन्छ, सडकमा आउँछौ, बृद्ध भएर उमेर खत्तम हुन्छ वा कुनै महत्वपूर्ण पद निर्बाचनमा पराजय भएर होस वा रिटायर्ड भएर होस् समाप्त हुन्छ पैसा पनि हुदैन अनि बैँस पनि अनि पावर पनि त्यसबेला, त्यसबेला बेला भन्ने गर्छौँ हे भगवान मेरो भाग्य पनि कति कमजोर भएको ? म कति अभागी रहेँछु ? मलाई भाग्य किन ठगि रहेछ ? मेरो भाग्य मा भए त सब ठिक भैहाल्थ्यो नि, अनि कराउन, रुन लाग्छन्, त्यसबेला पश्चाताप गरेर केही पनि हुन्न, समय सकिईसकेको हुन्छ पैसा, बैंश र शक्ती भएको बेला सही सदुपयोग गरेमा उ भौतिक रुपमा खत्तम भएपनि भावनात्मक रुपमा कहिल्यै मुर्नपर्दैन ।

प्रेमी–प्रमिका होस् वा धनाढ्य परिवार वा राजनीतिक ब्यक्तीहरु वा प्रहरी, सेना, कर्मचारी वा सामान्य परिवारका मानिसहरु यो सबैमा लागू भएको छ ।  नेपालजस्तो विकासोन्मुख मुलुक होस् या अमेरिकाजस्तो विश्वको शक्तीसम्पन्न मुलुक, या त समाजबादी व्यवस्था भएको, या त प्रजातान्त्रीक या त गणतान्त्रीक यो सबै मानिस वा मुलुकमा देखिएको समस्या हो ।

पैसा, बैंश वा पदमा भएका बेला मानिसले आफ्नो व्यबहार, नैतिकता, जिममेवारी, आचरण र कर्तव्यलाई भुलेका पत्तै हुदैँन । प्रेमी–प्रमिका होस् वा धनाढ्य परिवार वा राजनीतिक ब्यक्तीहरु वा प्रहरी, सेना, कर्मचारी वा सामान्य परिवारका मानिसहरु यो सबैमा लागू भएको छ ।  नेपालजस्तो विकासोन्मुख मुलुक होस् या अमेरिकाजस्तो विश्वको शक्तीसम्पन्न मुलुक, या त समाजबादी व्यवस्था भएको, या त प्रजातान्त्रीक या त गणतान्त्रीक यो सबै मानिस वा मुलुकमा देखिएको समस्या हो । त्यसैले कोहि आफ्नो घर परिवार आफन्त या साथिभाई कोहिसँग नि सम्बन्धलाई विगार्ने काम नगरौँ विश्वासको भरमा जिउँने काम गरौं, पैसा, बैश र पावरको उचित प्रयोग गरेर समाजलाई आर्थिक, राजनीतिक, सामाजिक रुपमा अगाडि बढाउने कार्यमा प्रयोग गरौं ।

पैसा, बैँश र पद सकिएपछि पहिलेका गल्तिलाई सुधार्न तिर लम्कन्छौ तर त्यो त धेरै ढिला भइसकेको हुन्छ । अनि पछुताउनु बाहेक केहि रहदैन । त्यसैले समयलाई चिनौं पैसा बैंश र पद भएका बेला सहयोगी भावनाले समाजको प्रगतीका लागि दत्तचित्त भएर लागौं ।