समाचार

गएराती दाङमा एक एनसेलको टावरमा आगजनी

दाङ । मुलुकमा विगत केहि दनिदेखी श्रीङखलाबद्ध रपमा भैरहेको एलसेल टावरको आगजनी फेरी सुरु भएको छ । गएराती मात्रै दाङमा एक एनसेलको टावरमा आगजनी भएको छ ।

गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।

टावरमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ । यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताएका छन् ।