अन्तर्राष्ट्रिय

श्रीलङ्काका राष्ट्रपतिद्धारा नयाँ सेनापति नियुक्त

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गरेका छन् । वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उहाँले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गरेका हुन् ।

सिल्भाको बढुवाका बारेमा सेनाले वक्तव्य मार्फत् जानकारी गराएको छ । उनी श्रीलङ्काको २३औ सेनाप्रमुख भएका हुन् ।सिल्भा भन्दा अगाडि महेश सेनानायके श्रीलङ्काको प्रधान सेनापति थिए ।

सिल्भा सन् १९८४ मा सैन्य सेवामा प्रवेश गर्नुभएको थियो । प्रधान सेनापतिमा नियुक्त सिल्भाले नयाँ जिम्मेवारी मङ्गलबारदेखि वहन गर्नुहुने भएको वक्तव्यमा उल्लेख गरिएको छ ।