खेलकुद

एभिसी सेन्ट्रल जोनमा आज तिन खेल हुदैः नेपाल दर्शक बन्ने

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुदैछ । ललितपुरको लगनस्थित आर्मी क्लबको कभर्डहलमा समुह बी अन्तर्गत दुई र समुह ए अन्तर्गत एक खेल हुदैछ । पहिलो खेलमा दिउँसो ३ बजे बंगलादेशले अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणको पहिलो खेलमा पराजत भोगेका दुवै टोलीलाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नैपर्ने दबाब छ । पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तान र उज्वेकिस्तानले बंगलादेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेका थिए । दोस्रो खेलमा अपरान्ह ५ बजे तुर्कमेनिस्तानले उज्वेकिस्तान भिड्नेछन् । अघिल्लो चरण प्रवेशको सम्भावना सहित दुवै टोली मैदान उत्रन लागेका हुन् । दुवै टिमले पहिलो खेलमा जित निकालेको थिए ।

दिनको तेस्रो तथा अन्तिम खेलमा कीर्गिस्तानले माल्दिभ्ससंग खेल्नेछन् । साँझ ७ बजे सूरु हुने खेलले समुह एको सेमिफाईनल समिकरणको बिषयमा बोल्नेछ । र्गिस्तान लगातार दोस्रो जित निकाल्दै सेमिफाईनल पुग्ने लक्ष्यमा हुनेछ । माल्दिभ्स भने कीर्गिस्तानलाई रोक्दै सबै समुह एको समिकरण रोमाञ्चक बनाउने लक्ष्यमा हुनेछ । प्रतियोगिताको सरप्राईज टोलीको संज्ञा पाएको माल्दिभ्सले पहिलो खेल खेल्न लागेको हो ।

कीर्गिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । पहिलो खेलमा कीर्गिस्तान र नेपालको राम्रा, नराम्रो पक्षबारे माल्दिभ्स पक्कै जानकार भएको हुनपर्छ । सेमिफाईनल पुग्ने लक्ष्य रहेको नेपालको सबै सम्भावना माल्दिभ्समा निर्भर छ । सोही कारण माल्दिभ्सको खेल निकाल्दै आवश्यक रणनीति बुन्ने अवसर नेपाललाई प्राप्त छ । सेमिफाईनल पुग्न नेपालले अन्तिम खेलमा माल्दिभ्सलाई हराउनैपर्ने दबाब छ ।