राजनीति

नेता गुरुङको ओलीतर्फ व्यंग्यः वीपी, गणेशमान र किशुनजिमात्र देशका अशल नेता/प्रधानमन्त्री

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले वीपी, कृष्ण प्रसाद र गणेशमान बाहेकका नेताहरु प्रधानमन्त्रीको लागि मरिहत्ते गर्ने गरेको बताएका छन् । नेता गुरुङले फेसबुकमा कान्तिपुर दैनिकमा नेकपा दुईतिहाई मतको सरकारका प्रधानमन्त्री केपी शर्मँ ओली र दोस्रा अध्यक्ष पुष्पकमल दहालको प्रकाशित कार्टुनलाई लक्षित गर्दै उनीहरु पदका भोका भएका र पालैपाले प्रधानमन्त्री हुने विचारमा रहेका बताएका छन् ।

नेता गुरुङले प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले २०५७ सालमा सहज ढंगले पद छाडेका, गणेशमान सिंहले २०४७ सालमा प्रधानमन्त्री बन्न राजा वीरेन्द्रले प्रस्ताव गर्दा ईनकार गरेका र महामानव वीवी कोईरालाले २०१४ सालमा आफ्ना राजनीतिक सहयात्रीलाई प्रधानमन्त्री बनाएका उदाहरुणहरु दिँदै अहिलेका नेकपाका नेतातर्फ व्यँग्य गर्दै उनीहरुले सधैभरी प्रधानमन्त्री पद बाँडिचुँडि खाने बाटो बनाएको संकेत गरेका छन् ।

पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दहालले आफूहरुको सम्झौता बमोजिम अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिने र आफू बाँकी कार्यकालका लागि प्रधानमन्त्री बन्ने बताईरहेका बेला नेकपाका दुई अध्यक्षको मिडियामा बिरोध भईरहेको छ । मिडियाका नेकपाका पहिला अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मँ ओलीले भने आफू पुरा पाँच बर्ष प्रधानमन्त्री बन्ने बताईरहेका बेला अर्कँ अध्यक्ष दहालले बिगतको सम्झौता सम्झाईरहेका छन् । यसै राजनीतिक घटनाक्रमका समयमा काँग्रेस युवा नेता गुरुङको देशका प्रधानमन्त्रीको बिषयमा बोले
का छन् ।

उनी भन्छन्,
‘नेपाली राजनीतिक इतिहासमा प्रधनमन्त्री पद पाएपछि सहज ढंगबाट पद छाड्ने व्यक्ति कृष्ण प्रसाद भट्टराई हुन् (२०५७ सालमा)। प्रधनमन्त्री बन्नुस् भन्दा पनि आफु नबन्ने र साथीलाई प्रधनमन्त्री बनाउन सिफारिस गर्ने नेताहरु विपी (२०१४ सालमा) र गणेशमान (२०४७ सालमा) हुन्। बाँकी कार्टुन आफैँ वोल्छ।’