अन्तर्राष्ट्रिय

लिबियाली तटीय जलक्षेत्रबाट ५७ जनाको उद्धार

त्रिपोली । लिबियाका तटीय जलरक्षकका प्रवक्ता अयुब क्वासिमले पश्चिमी तटीय जलक्षेत्रबाट ५७ जना अवैध आप्रवासीलाई उद्धार गरिएको बताएका छन् ।

उनले आप्रवासीहरु एउटा काठले बनेको डुङ्गामा सवार रहेको जानकारी दिए । डुङ्गामा सात जना महिला र नौ जना बालबालिका थिए ।

उद्धार गरिएका ती आप्रवासीहरुमा अफ्रिकी र अरब मुलुकका नागरिक रहेको प्रवक्ता क्वासिमले बताए ।

संयुक्तराष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय ९युएनएचसिआर० ले लिबिया पछिल्लो समय आप्रवासीका लागि सुरक्षित मुलुक नरहेको बताएको छ । युएनएचसिआरले उद्धार गरिएका आप्रवासीलाई लिबियाली हिरासतमा नराख्न बारम्बार अनुरोध गरिआएको छ ।

अफ्रिका र अरब मुलुकबाट युरोप प्रवेश गर्नेक्रममा आप्रवासीहरुले लिबियाली जलक्षेत्रको मार्ग प्रयोग गर्ने गरेका छन् । असुरक्षित डुङ्गाबाट यात्रा गर्ने भएकाले धेरै आप्रवासीको डुबेर मृत्यु हुने गरेको छ ।

मौसमी अनुकूलता भएपछि आप्रवासीहरुले लिबियाको पश्चिमी जलक्षेत्र रोज्ने गरेको पाइन्छ ।