अन्तर्राष्ट्रिय

महाराष्ट्रमा सडक दुर्घटना १३ जनाको मृत्यु

मुम्बई। भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।

स्थानीय समयानुसार आइतबार राति १०ः३० बजे सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको र जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।

दुबै सवारी साधनको अगाडीको भाग नै ठोक्किएको हुनाले दुबै चालकको दुर्घटनामा मृत्यु भएको छ । महाराष्ट्र राज्यको शाहादा शहरको अरुरानगाबाद ग्रामीण इलामामा यात्रा गइरेहको सो बसमा ४५ जना यात्रु सवार रहेका जनाइएको छ ।