राजनीति

काँग्रेसले अनुशासनहीन र अन्तरघाती कार्यकर्तालाई प्रमाणका आधारमा कारबाही गर्छः सभापति देउवा

बुटबल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसभित्रका अन्तरघाती र अनुशासनहीन कार्यकर्तालाई पार्टीले कारबाही गर्ने बताएका छन । पार्टीको केन्द्य्रीय अनुसंधान प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा बोल्दै जथाभावी काम गरेको प्रमाण भेटिए कारबाही गरेन भने पार्टी अराजकतातिर जाने र काँग्रेसले कहिल्यै चुनाव नजित्ने बताए ।

पौडेल पक्षतर्फ संकेत गर्दै पारदर्शी हुनुपर्छ भनेको माग अनुसार काँग्रेसको केन्द्रीय समिति बैठकमा लाईभ गर्न आफू तयार रहेको बताउँदै सभापति देउवाले चुनाव जित्न मीठो बोलेर मात्र नहुँने बताए । उनले आफू भन्दा धेरै राम्रो बोल्न सक्ने नेताहरुले काँग्रेसमा टिकट पाएको भएपनि उनीहरुले हारेको तर आफूले जितेको बताए । उनले भने अब कार्यकर्ताहरुले कसरी निर्बाचन जित्न सकिन्छ त्यो प्रशिक्षण गाँउ गाँउमा दिन जरुरी देखिएके छ ।

सभापति देउवाले काँग्रेसजस्तो समावेशी पार्टी अरु कुनै नभएको बताउँदै कार्यक्रममा चारतारे झण्डामात्र राखेको तरु चुनाव चिन्ह रुख नराखेकोमा असन्तुष्टी पोखेका थिए । अरु पार्टीमा भित्र झगडा गर्ने र बाहिर मिल्ने भएपनि काँग्रेसमा भित्र मिल्ने तर बाहिर झगडा गर्ने प्रचलन रहेकोले त्यसलाई चिरेर पार्टीभित्रका गुटउपगुट चिर्न भित्रैदेखी लाग्नुपर्ने विचार व्यक्त गरे ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले काँग्रेसलाई उद्योगहरु बेचेर खाएको आरोप लगाएको भन्दै उनीहरुको सरकारको पालामा कति उद्योग खोले जनतालाई उत्तर दिन आग्रह गरे । नेता पौडेलले काँग्रेसले गुटउपगुट चिरेर र्निाचनमा गएमा निर्बाचन अरुले नजित्ने भन्दै सबै नेताहरुले छाती ठूलो बनाउनुपर्ने विचार व्यक्त गरे ।