राजनीति

अब पूर्वसहमतीअनुसार ओली सरकार ढल्छ, प्रधानमन्त्री म हुन्छुः अध्यक्ष दहाल

जनकपुर । नेकपाका अध्यक्ष पुषपकमल दहालले केपी शर्मा ओलीसँगको सहमती अनुसार नेतृत्व परिवर्तन हुने बताएका छन् । नेकपाका दोस्रा अध्यक्ष रहेका नेता दहालले जनकपुरमा सोमबार पत्रकारहरुसाग कुरा गर्दै नेकपाको नेतृत्वमा सरकार पाँच बर्ष रहिरहने भएपनि नेतृत्व भने परिवर्तन हुने दाबी गरेको छन् । मिडियाले पुर्व एमाले र माओबादी मिलेर नेकपा भईसकेको र बर्तमान सरकारले मुलुकको समृद्धिका लागि कदम चालिरहेको भएपनि आफ्ना कुराहरुलाई बंग्याएके भन्दै सरकार पाँच बर्ष टिक्ने कुरामा शंका नगर्न आग्रह समेत गरेका छन् ।

अध्यक्ष दहालको आशय अब केपी ओलीको सरकार ढल्ने र आफू प्रधानमन्त्री बन्ने देखिएको छ, उनले प्रधानमन्त्री ओलीपछि म नै प्रधानमन्त्री हुन्छु भन्ने संकेत दिएका छन् । नेकपाको भर्खरै गरिएको कार्यबिभाजनमा कतिपय नेताहरुको असंतुष्टी आईरहेका बेला अध्यक्ष दहालले प्रधानमन्त्री फरिने कुरा गर्नु राजनीतिक रुपमा अर्थपूर्ण छ ।