विचार/ब्लग

बढ्दो फेसबुक मोह, बालकदेखी बृद्धसम्म

शोभा रावत । सामाजिक सञ्जाल फेसबुक । बालक देखी बृद्धसम्मको बढ्दो मोह अनि त्यस्मा पनि खाली भएको समयको सदुपयोग । र एक्लो पनको साथी पनि । फेसबुकको प्रयोगले एक्लोपनको महसुशबाट धेरै राहत मिल्ने बताउछन् प्रायः मानिस ।

फेसबुकको माध्यमबाट विभिन्न नयाँ– नयाँ साथिहरु बनाउने गफ–गाफ गर्ने सबैको रहर बनेको छ । आजभोली प्रायः मानिस फेसबुक, ट्वीटर, युट्युव लगायतका सामाजिक सञ्जालमा व्यस्त भएभने आफ्नो साथीभाई, आफन्तजन कोहि नभए पनि हुने अवस्था आएको छ ।  आजको व्यस्त समयमा जो–कोहि व्यक्ति जहिले पनि व्यस्त हुनमै आनन्दित महशुस गर्दछ । अफिसमा काम गर्ने कर्मचारी देखी लिएर विद्यालयमा अध्ययन् गर्ने विद्यार्थी जो खाली समयलाई प्रयोग गर्नका लागि फेसबुकमै रमाईरहेको हुन्छ ।

घर-परिवारमा पनि सबै सदस्यको आ–आफ्नै छुट्टै संसार हुन्छ त्यो हो फेसबुक वा सामाजिक सञ्जालको दुनियाँ । हरेक व्यक्तिले आफ्नै मोबाईल फोनलाई आफ्नो दुनियाँ बनाएका हुन्छन् । फेसबुकमा च्याटिङ गर्ने, फोटोहरु अपलोड गर्ने र कति लाइक, कति कमेन्ट आए हो यहि विषयमै उनिहरुको ध्यान केन्द्रित भएको हुन्छ ।

साथै आजको आधुनिकमा युगमा हरेक व्यक्तिले कुनै ज्ञान–विज्ञान, राजनीतिक, सामाजीक, आर्थिक, देश–विदेशको समाजको बारेमा जान्ने चाहना राख्दछन् । यसका लागि माध्यम बनिदिएको छ सामाजिक सञ्जाल फेसबुक ! जहाँबाट छोटो समयमा ताजा जानकारी हाँसिल हुने गर्दछ । आजभोली सञ्चार माध्यम भन्दा पनि धेरै अगाडी रहेको छ सामाजिक सञ्जाल । जसको माध्यमबाट ताजा–ताजै हरेक जानकारी प्राप्त गर्न सकिन्छ ।

रेडियो, एफएम, टिभि, पत्रिका, अनलाईनमा नआएको कुनै घटना त्यो पनि भिडियो होस् या तस्वीर सहित देख्ने र हेर्ने माध्यम बनेको छ सही सदुपयोग भएको त्यो राम्रो पक्ष हो । जसले गर्दा पनि फेसबुकको महत्व र आवस्यकता झनै खड्किएको हो कि पनि भन्न सकिन्छ । साथै सामाजिक सञ्जालको महत्व बढ्नु स्वभाविकै हो ।

सामाजिक सञ्जालको सहि प्रयोगले संसारका जुनसुकै कुनमा रहेका आफ्ना आफन्तसंग सिधा सम्पर्क हुन्छ त्यो पनि प्रत्यक्ष रुपमा । यो खुशिको कुरा हो कि आफ्ना छोरा छोरी टाढा– टाढा रहेका आमाबुवाले आफ्ना सन्तानसंग सजिलै सम्पर्क गर्न सक्दछन् । मिडिया क्षेत्रका लागि त समाचारहरु सेयर गरेर करोडौं मानिसहरुलाई भिडियो, सुनाउने, लेख रचना पढाउने महत्पवूर्ण कार्य फोसबुक, ट्वीटर, युट्युव लगायतका सामाजिक सञ्जालले गरेका छन् । यसबाट हजारौंले रोजगारी समेत पाएका छन् ।

तर त्यहि फेसबुक कतिपय ठाउँमा गलत प्रयागे गरिने हुँदा घातक पनि बनेको छ । कतिपय व्यक्ति यस्ता पनि हुन्छन् कि सामाजिक सञ्जालमा चर्चित हुनलाई काल्पनिक घटनालाई फेसबुक मार्फत हाईलाईट गरि बिकृती सृजना गर्ने । साथै कुनै व्यक्तिको संबेदशील जानकारी बाहिर ल्याई अपराधिक कृयाकलाप पनि गरिरहेका हुन्छन् । यो पक्षमा भने फेसबुक बेफाईदा जनक देखिन्छ । यसका अलवा केटीहरुको तस्विर बनाएर छद्मभेसी भई उरण्ठेउला केटाहरुले केटीसंग नै चाट गर्ने, अर्काको फेसबुक ह्याक गरेर चलाउने जस्ता बिकृति समेत छन् ।

आज भोलीको मानिसमा मानवता पनि हराउँदै जानुमा फेसबुकको कारण देखाउने विज्ञहरुपनि धेरै छन् । आफ्नो अगाडी कुनै व्यक्ति र्दुघटना भएर छट्पटाईरहँदा नजिकैको व्यक्ति सहयोगमा जुट्नुको साटो त्यो दर्दनाक अवस्थाको भिडियो बनाउनमै ब्यस्त देखिएको हुन्छ । श्रीमान श्रीमती एउटै पलङमा बसिरहदा पनि आ–आफ्नो मोवाईलमा फेसबुक चलाएर बसेका तर घण्टनै नबोलेका समाचारहरु आएका छन् । त्यसैले पनि सामाजिक सञ्जालको कसरी प्रयोग भैरहेको छ त ? यो कुरा चासोको विषय बनेको छ ।

साथै सामाजिक सञ्जालमार्फत बिभिन्न अपराधिक कृयाकलाय गर्नेको गिरोह पनि समाजमा सक्रिय रुपमा लागिरहेको छ । विभिन्न बहानामा कसैलाई विभिन्न प्रस्ताव राख्नु वा उसको दबाब नमान्दा धम्की दिने जस्ता विभिन्न अपराधिक कृयाकलाप गरिरहेका हुन्छन् । यो विषयमा सरकारले पनि विभिन्न अनुसन्धान, अन्वेन्शण गर्न जरुरी छ । कतै सामाजिक सञ्जालको गलत प्रयोग भएको त छैन ? यसको बारे गम्भिर भएर सोच्नुपर्ने देखिन्छ ।

आजभोली सामाजिक सञ्जाल फेसबुक अनावश्यक रुपमा प्रयोग भेरहेको पनि देख्न सकिन्छ । साथै एउटा अर्काे संबेदनशिल विषय वस्तुमा सरकार चनोखो बन्नुपर्ने देखिएको छ । बालबालीकाको लागि फेसबुकको प्रयोग कति सहि हो त के फेसबुकको प्रयोग गर्न उमेर निर्धारण गर्न जरुरी छ । पक्कै पनि हरेक कुराको एउटा समय हुन्छ जस्तै २ वर्षको बालकको हातमा मोवाईल फोन हुनु कतिसम्मको आवस्यकता हो त ? अथवा ११ वर्षको बालकले फेसबुकको प्रयोग के का लागि गरिरहेको छ त ? यस्तो विषयमा बेलैमा नसोच्ने लापरबाही पनले नराम्रो दुर्घटना पनि त घट्न सक्दछ ।

आजको बैज्ञानिक युगमा सामाजिक सञ्जालसंग जोडिनु राम्रो र फाईदा जनक कुरा पनि हो तर त्यसको प्रयोग कसरी र कति र कुन उमेर वा कुन क्षेत्रलाई उपयुक्त भन्ने बारे समयमै सबैले सोच्न जरुरी छ । साईवर क्राईमको कानून पनि नबनेको होईन, त्यसबाट यसको अबैधानिक, असामाजिक रुपमा प्रयोग नियन्त्रण हुन सकेको छैन ।

यसकारण यहि फेसबुकको सहि प्रयोग बरदान हो भने त्यसको गलत प्रयोले अभिशाप पनि । आज सामाजिक सञ्जालमार्फत विभिन्न अपराधिक कृयाकलाय पनि भैरहेको समाचार दैनिक जसो आउने गरेका हुन्छन् । फेसबुकको प्रयोगमा भएको स्वतन्त्रता र लापरवाहिका कारण विभिन्न अपराधहरुले प्रश्रय पाईरहेको देखिन्छ । सजिलै अरुको नामको अकाउन्ट खोलेर विभिन्न व्यक्तिले अरुको चरित्रमामाथि नै दाग लाग्ने जस्ता जघन्य अपराध पनि भैरहेका छन् ।

यसको केहि गल्ती सरकारको र केहि गल्ति फेसबुक एकाउण्ट होल्डर र केहि गल्ति स्वयंम् व्यक्तिको रहेको हुन्छ । जसले अपराधलाई जन्म र हुर्कन स्वतन्त्रता दिएको हुन्छ । कतिपयलाई फेसबुकमा भएका सुरक्षासम्बन्धी कुराहरुको जानकारी नहुँदा पनि समस्या आएको हुन सक्छ ।