समाचार

जलश्रोतको धनि देश डोकोको भरमा खानेपानीः सरकार भाषणमै सिमीत

काठमाडौं । जलस्रोत को धनि देश नेपाल जहाँका नागरिक खानेपानीको अभावमा छट्पटाईरहेका छन् । शहरी क्षेत्र मात्र नभई ग्रामिण क्षेत्रतीर पनि खानेपानीको चरम अभाव खड्कीएको छ । जव खडेरी सिजन आउँछ खाने पानीको अभाव कसरी टार्ने हो ? यो चिन्ताले शहरी बासीलाई मात्र होईन ग्रामीण बासीलाई पनि पिरोल्ने गर्दछ ।

दैनिक जसो हरेक ठाउँमा प्रयोग हुने पानी जो भेट्याउनु भनेको अमृत भेट्याउनु जस्तै हो । सरकारको लार्पवाहीका कारण विभिन्न जंगको को जथाभावी फडानीले आज खोला– नालाहरु सुक्दै जाँदा पानीको अभाव बढ्दै गएको छ । एक घर एक धाराको नीति लिएको सरकारले कुनै लुतो नै लगाउन सकेको छैन ।

सरकारको यहि लापर्वाहीपले आज पनि कयाँै स्थानका नागरीकले खोलाको दुशित पानी पिएर आफ्नो जिवन धान्न वाध्य भएका छन् । तर सरकारले लिएको एक घर एक धारा भन्ने नारा भने नारामै सिमीत देखिन्छ । हुनत सरकारका हरेक नारा नारामै शिमीत भएको देख्न सकिन्छ । तर पनि जनताको स्वच्छ खानेपानी खान पाउने अधिकारमाथि सरकारले वेवास्ता गरीरहेको छ ।

यति मात्रै होईन उपत्यका बासीकै कुरा गर्नुपर्दा पनि मेलम्चकीको पानीको आशा गर्दा गर्दै कयौैं पीँढी बित्ने भैसकेको छ । जुन पार्टीको सरकार आएपनि काम भन्दा कुरा धेरै गर्ने परिपाटीले काठमाडौं वासी पानिको हाहाकारमा जिवन जिउन वाध्य छन् । काठमाडौंमा पानी ल्याउने भनेर घोषणा गरेको बर्षाै बिति सक्दापनी आजसम्म पानी आउन सकेको छैन । सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता अँझै मुलुकको कयौै स्थानमा छ । 

त्यसमध्य एउटा छ तानसेन–१२ को मौवरडाडामा जिल्ला सदरमुकामको चहलपहल हुने क्षेत्रदेखि करीब तीन चार किलोमिटर नजिकैको दूरीमा खानेपानीको चर्को समस्या रहेको छ । यो एउटा स्थान वा जिल्लाको मात्र समस्या होईन कयौं जिल्लावासीले भोग्नुपर्ने समस्या बनेको छ । घरभन्दा टाढा गएर डोकोमा त्यो पनि खोलाको पानिले आफने जिवीका निवार्ह गर्ने कयौं जिल्ला बासी वाध्य छन् । यस्तै बाह्रै महीना उकालोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता नहटेको स्थानीयवासी फूलमाया विकले गुनासो पोखिन ।

“न हिउँद भन्नु छ, न वर्षायाम डोकोमा ग्रागी हालेर पानी बोक्नुपर्ने बाध्यता हटेको छैन”, विश्वकर्माको भनाइ छ । पसिनै पसिना हुँदै पानी बोकेर ल्याउनुपर्छ, बोकेर ल्याएको पानी पर्याप्त नहुने विश्वकर्माको भनाइ छ । तानसेन क्षेत्र रहेको बस्तीमा वर्षायाममा पनि १५ मिनेट जति ओरालो झरी पानी बोकेर उकालो बाटो ल्याउनुपर्ने बाध्यता नहटेको विश्वकर्माको झै स्थानीय बासिन्दाको गुनासो छ ।

हिउँद महीनामा पानी पाइँदैन, ३० मिनेट तल खोलामा झरे नुहाउनु र कपडा धुनुपर्ने र खानेपानी ल्याउनु पर्ने बाध्यता छ । स्थानीय पृथ्वीसिंह विश्वकर्माले स्वदेशमा केही गरौँ भनेर कुखुरापालन व्यवसायमा हात हाले । पछि कुखुरापालनका लागि पानी नहुँदा सो व्यवसायबाट विस्थापित हुनु परेकोमा दुखित छन् ।

हाम्रो समस्या कस्ले बुझ्छ र, गाउँमा बसेर केही गरौँ भन्ने सोचेर पहिला कुखुराको पालन गर्न थाले पनि अहिले पानीका अभावमा रोकिएको छ ।” उनले भने । गर्मी मौषममा पानी नै हुँदैन कुखुरालाई कसरी पु¥याउने भन्ने समस्या छ । तानसेन नगरपालिका क्षेत्रमा डोकोमा पानी बोकेर खानेपानी समस्या मात्र होइन, यहाँ खेतीयोग्य जमीनमा किसानले उत्पादन गरेको अन्नबालीसमेत बाँदरले नष्ट गरेको छ ।

करीब १८ घर परिवार रहेको यो बस्तीमा दुई जना मगर र अन्य दलित समुदाय बसोबास गर्छन । दलित बस्तीमा मोटरबाटोको समेत पहुँच नहुँदा व्यवसाय गर्न समस्या रहेको छ । तानसेन नगरपालिका–१२ का वडा सदस्य पविसरा विश्वकर्माले खानेपानी र सडकका लागि पहल भएको र आयआर्जनका लागि यस आवमा कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।