समाचार

भोटेकोशीमा पानीको वहाव उच्चः टिमुरे–त्रिशुली नदी आसपासमा जोखीम

रसुवा । हिजो साँझ मुलुकका विभिन्न स्थानमा हल्का देखी भिषण वर्षा भएको छ । वर्षाका कारण स्थानीय लगाएत विभिन्न स्थानमा साना तथा ठुला खोला नदिमा वाढी आएको समाचार प्राप्त भएको छ । खोलामा आएको वाढीका कारण खतरा बढेपछि  आसपासका स्थानीयलाई सर्तक रहन आग्रह गरिएको छ ।

यस्तै गएराती आएको अविरल वर्षाका कारण रसुवामा अवस्थित भोटेकोशी नदीमा एक्कासी वाढी आएको छ ।उक्त खोलामा वाढाी आएपछि टिमुरे लगाएत त्रिशुली नदी आसपासका बस्तीहरु जेखीममा परेका छन् । हिजो छिमेकी मुलुक चिनको केरुङ आस– पास भीषण वर्षा भएपछि भोटेकोशी नदिमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको बताईएको छ ।

गएराती नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साईरन बजाएको थियो । रसुवा.भन्सार याडमा भंसार गर्न राखिएका कन्टेनरहरु बगाउने खतरा भएपछि सुरक्षाकर्मीको सहायतामा राती नै सार्ने काम गरिएको छ ।

जिल्लाको उत्तरगया गाँउपालिका १ मैलुङ तथा ५ को खाल्टे बगर क्षेत्रका भुकम्पबाट बिस्थापित भएका बासिन्दासमेत समयमै सुचना पाएपछि सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताएका छन् ।

रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजनाको कर्मचारी निवास जाने बेलि ब्रीज पुल बगाएको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रजिअ भण्डारीले बताए । उता रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर बाहिरिएका छन् । भीषण बाढी आएकाले क्याम्पमा बस्न सुरक्षित नरहेको आयोजना प्रमुख छबि गैरेले बताए ।