अन्तर्राष्ट्रिय

वम विस्फोटमा परि पाकिस्तानमा छ को मृत्युः आठ घाइते

एजेन्सी । पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । खैबर पाख्तुङ्ख्वा प्रान्तअन्तर्गत पर्ने अपर डिर जिल्लामा आइतबार बेलुकी विस्फोटन भएको अधिकारीहरूले जनाएका छन् ।

घटनामा परी अरु आठ जना घाइते भएको प्रहरीले जनाएको छ । अपर डिरको जिल्ला प्रहरी अधिकृतले संचार माध्यमहरूलाई दिएको जानकारी अनुसार स्थानीय शान्ति समितिका नेता चढेको सवारी साधन नजिकै विस्फोट भएको हो । अपर डिरको गामाडान्डा भन्ने ठाउँमा विस्फोटन भएको र विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको थियो ।

घटना भएको थाहा पाउने वित्तिकै सुरक्षाकर्मी र उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई उनीहरूले तत्कालै अस्पताल लगेका थिए । सुरक्षाकर्मीहरूले घटनाका दोषीको खोजी भइरहेको जनाएको छ । घटनाका बारेमा अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।