अन्तर्राष्ट्रिय

चाङका पूर्वी क्षेत्रमा रहेका दुई प्रदेशमा सङकटकालको घोषणा

एजेन्सी । चाङका राष्ट्रपति इद्रिस डेबीले देशको पूर्वी क्षेत्रमा रहेका दुई प्रदेशमा सङकटकालको घोषणा गरेका छन्. । अन्तरजातीय भिडन्त भएर हिंसात्मक घटना थप बढ्दै जाने भएपछि आइतबार उहाँले सङ्कटकालको घोषणा गरेका हुन् ।

अहिले सङ्कटकाल घोषणा गरिएको क्षेत्रमा भएको भिडन्तमा परी यही महिनाको झण्डै दश दिनमा चार दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ । राष्ट्रपतिले घोषणा गरेको सङ्कटकाल तीन महिनाका लागि हो ।

अधिकारीहरुले दिएको जानकारी अनुसार सङ्कटकाल लागु गरिएको क्षेत्र सिला र औड्डाइमा यही अगस्ट ९ देखि अहिलेसम्ममा ५० जनाको मृत्यु भएको छ । आन्तरिक द्वन्द्व भएको ठाउँमा पशु गोठाला र आदिवासी कृषकहरुबीचमा झडप हुने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।