बाग्मती

प्रमुख आयुक्त ज्यूः तपाईको यस्तो लापरबाहीले निर्दोषले सजाय भोग्न र दोषी उम्किन सक्छ

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसंधान आयोगबाट दुईपटक फोन आयो । उक्त फोन मैले दुईपटक नै मिस गरेँछु । एकदिन मिस गरेको फोन त्यो दिन फर्काउन नभ्याउँदा भोलीपल्ट पुनः फोन आएको थियो । म त्यो दिन पनि ब्यस्त भएर हो वा कुनै मिटिङमा भएर हो फोन उठाईन । पछि फोन पर्काउदा एकजना भलाद्मी महिलाको आवाज आयो । मैले कहाँ पर्योहोला मेरो मोवाईलमा फोन आएको थियो भनी सोधेँ, उहाँले मलाई नै सोध्नुभयो कि तपाई चै को बोल्नुभयो ? उहाँको प्रश्नमा मैलै सीधै उत्तर दिएँ की म बाबुराम आचार्य बोलेको भनेर ! त्यसपछि उहाँले मलाई सीधै भन्नुभयो कि सर नमस्कार ! तपाईलाई प्रमुख आयाुक्त ज्यूले यही भाद्र ६ गतेको अख्तियारको कार्यक्रममा बोलाउनुभएको छ, त्यसको लागि निमन्त्रणा कार्ड कहाँ पठाउने होला ? त्यसपछि मैले नबोली उहाँले नै भन्नुभयो तपाईको ईमेल छ भने दिनुस् न तपाईलाई पठाईदिन्छु । मैले हुन्छ हजुर मेरो ईमेल…. हो भने, त्यसपछि १/२ दिन ईमेल हेरिन । अफिसियल ईमेल प्रायः मिनेट मिनेटमा हेरिन्छ व्यक्तीगत ईमेल भएकोले त्यति धेरै ईमेलहरु आउँदैनन्, बढी महत्वपूर्ण तर एकदमै कम आउनाले कम नै चेक गर्ने गरेको छु ।

प्रमुख आयुक्त नविन घिमिरे सायद रक्षा सचिव हुँदा र त्यसभन्दा अघि पनि मैले भेटेका मान्छे हुन् । उनी रिटायर्ड भएपछि प्रमुख आयुक्त बन्न लागे र बने पनि, उनले अख्तियार दुरुपयोग अनुसंधान आयोगलाई प्रभावकारी ढंगले हाँक्न नसकेको कुरा पत्रपत्रिकाहरुमा आईरहेको पढेको छु । मलाई पनि कता कता त्यो भावना लागेको हो, तर नेपालमा राजनीति शुद्धिकरण नभएकाले केहीपनि ठीकसँग चलेको छैनन् भनेर चुपचाप लाग्ने बानी छ । प्रायः सबै जिम्मेवार व्यक्ती तथा संस्थाहरु लुट कान्छा लुट् भन्ने एकजना गायकले गाएको गीत अनुसार चलेको सहजै स्वीकारेको पनि छु ।

अख्तियार दुरुपयोग अनुसंधान आयोगको प्रमुखमा लोकमान सिंह कार्की हुंदा कर्मचारी प्रशासन आतंकित थियो, कर्मचारी आतँकित हुनु गलत भएपनि भ्रष्टाचार निश्तेज गर्ने कार्यमा प्रभावकारी कदम चालेको मेरो बुझाई हो । उनी सर्बोच्च अदालतबाट अयोग्य भएपछि उनी सकिए, त्यसमा मेरो भन्नु केही छैन । त्यसपछि पुर्ब सचिव दीप बस्न्यात प्रमुख आयुक्त भए, भौतिक मन्त्रालयमा सचिव हुँदा वालुवाटारको नेकपा महासचिव विष्णु पौडेल जोडिएको जग्गाको काण्डमा अख्तियारले नै उनलाई रिटायर्ड भएपछि बोलायो, उनी गए, त्यसमा उनीपनि बिबादरहित हुन सकेनन् ।

मेरो एक सचेत नागरिकको हैशियतमा अख्तियार दुरुपयोग अनुसंधान आयोगका कर्मचारी, आयुक्त, प्रमुख आयुक्त लगायतले कसरी भ्रष्टहरु छुट्याउलान् भन्ने प्रश्न चिन्ह खडा भयो, म पूर्वसचिव होईन मलाई कसरी आयो यो पत्र ? अख्तियारको यस प्रकारको कार्यले सच्चा भ्रष्टचारीलाई समात्नुको सट्टा ईमान्दार मान्छेलाई पक्राउ गर्यो झुक्किएर भने के होला ? अस्ति केहीदिन अगाडीमात्र उदयपुरमा आफूलाई झुटा मुद्धामा फसाएको आरोपमा अख्तियार प्रमुखलाई पाप लाग्ने भन्दै एकजना कर्मचारीले आत्मा हत्या गरेका थिए ? मलाई त शंकामात्र होईन अख्तियारमा सबै पुनः संरचना गर्नुपर्ने भावना जागृत भएर आयो ।

यो पत्र ईमेल आएपछि मैले अख्तियारका सूचना अधिकारीसँग ९८५११९७३०८ मा सम्पर्क गरी प्रमुख आयुक्त ज्यूको नम्वर मागेँ । उनले आफूसंग प्रमुख आयुक्त ज्यूको नम्वर नभएको बताउँदै कार्यालयको फोन दिए । मलाई लाग्छ यो मेरो निम्ता कार्ड मलाई नआएर अर्को कुनै बाबुराम आचार्यलाई आएको होला । मलाई यदि यो पत्र अर्को कुनै भ्रष्टचारीलाई काटेको अख्तियारको चिठी झक्किएर आएको र अख्तियारले पक्राउ गरेको भए के हुन्थ्यो । अख्तियार, सर्बोच्च अदालत, प्रहरी, पत्रकारहरुले गर्ने कार्यमा अत्यन्तै जिम्मेवार भएर काम गर्न जरुरी छ । अन्यथा नैतिकतामात्र गुम्दैन निर्दोशले दुःख पाँउछ, दोषी उम्किन सक्छ । त्यो फोन त्यस मेरो भेटेका आयुक्त मलाई नै निम्ता गरेको भएपनि म कुनै पूर्व सचिव होईन, पूर्वसचिव नेपाल सरकारको उललेख गरेको छैन, अन्य केही संस्थाहरुमा सचिव भएपनि अख्तियारले निम्ता नै गर्ने खाल्को महत्वपूर्ण संस्थामा थिएँ जस्तो लाग्दैन, त्यो पनि मिस्टेक नै हो । यस्ता साधारण मिस्टेकले असाधारण परिणाम आउन सक्छ, अख्तियार दुरुपयोग अनुसंधान आयोग जस्तो महत्वपूर्ण निकायले यस्ता गल्तीहरु नदोहोर्याओस् । 

हेर्दा सानो लागेपनि यो निकै ठूलो हो । सानो सानो कुराले अख्तियार दुरुपयोग अनुसंधान आयोगको भित्री व्यवस्थापन कस्तो छ भन्ने छर्लङ्ग हुन्छ ।