समाचार

पत्रकार पुडासैनी अभियोगमा लामिछानेलाई पक्राउ गर्नु गलत: डा. केसी

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा छानबिन/अनुसन्धान गर्न पत्रकार रवि लामिछाने सहित तीन जनालाई पक्राउ गरिएको तरिका प्रति प्रजातान्त्रिक विचार समाज गम्भीर ध्यानकाषर्ण भएको जनाएको छ ।

पत्रकार लामिछाने कार्यरत सञ्चार गृहमा अनाधिकृत रुपमा प्रहरी प्रवेश गरी पक्राउ गर्नुलाई यो समाज सञ्चार गृहको स्वायत्त मर्यदा माथि हस्तक्षेप हो भन्ने मान्दछ र यो घटनाले कुनै पनि बेला कुनै पनि व्यक्ति पार्न सक्ने सञ्चार गृह माथि प्रहरी हस्तक्षेप गराइने र गर्ने सम्भावना स्पष्ट भएको ठान्दछ, समाजका अध्यक्ष डा केदार नर्सिङ केसिद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

प्रजातान्त्रिक विचार समाज कानुनी राज्य र विधिको शासनमा अटुट विश्वास राख्दछ पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा विरोधाभाषी अनेक प्रकारका चर्चा सार्वजानिक भएका छन् । यस कारण यो विषयमा गम्भीर र निष्पक्ष अनुसन्धान होस भन्ने माग गर्दछ । समाजको जोड छ ।

सरकारले निष्पक्ष अनुसन्धानको लागी संलग्न प्रहरी प्रशासनलाई निर्देश गरोस भन्ने पनि हाम्रो आग्रह छ । सरकार र गृह प्रशासन वा राज्ययन्त्रप्रति जनतामा बढ्दो अविश्वासका कारण अनुसन्धान प्रति नै पूर्ण विश्वस्त हुन नसकेको परिणाम चितवनका स्थानीय देखि देशभरका नागरिक आन्दोलित भएका छन् । समाजले भनेको छ ।

प्रजातान्त्रिक विचार समाज आन्दोलन दबाउन भन्दा अनुसन्धानमा भरपर्दो र विश्वसनीय एवं पारदर्शी बनाउनुपर्ने मान्यता राख्दछ र, कोही पनि निर्दोष व्यक्तिलाई फस्नु, फसाइनु हुदैन भन्ने कानुनी मान्यताको सर्मथन गर्दछ । बिज्ञप्तिमा उल्लेख छ ।

पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप विवादास्पद भिडियोको आधारमा लगाइएको प्रहरीकै दावी गर्दै  विचार समाज न्यायपूर्ण समाजको स्थापनामा समर्पित हुन सरकारलार्ई हार्दिक आग्रह गरेको छ ।

पत्रकार लामिछानेले अनुसन्धान कार्यलाई पूर्ण सहयोग गर्छु भनिरहेको सन्दर्भमा सरकारले विश्वसनीय र भरपर्दो अनुसन्धान गरोस र निर्दोष नफसुन भन्ने यो समाज अपेक्षा छ । अन्यथा प्रजातान्त्रिक विचार समाज समेतका विभिन्न नागरिक समाज सार्वजनिक विरोधका कार्यक्रम गर्न बाध्य हुने जानकारी समेत चेतावनी दिएको छ ।