साहित्य

दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार प्रकाश थाम्सुहाङलाई

काठमाण्डौ । राजनीति तथा साहित्यमा संलग्न स्वर्गीय दिब्यबिक्रम नेम्बाङपौवासार्ताप पाँचथरको स्मृतिमामा उहाँको परिवार सदस्यहरुबाट बार्षिक तीस हजार नगद प्रदान गर्नेगरि साहित्य पुरस्कारको स्थापना गरेको छ । यसै बर्ष भाद्र १७ गते प्रथम स्मृतिदेखि प्रदान गरिने सो पुरस्कार यसबर्ष कवि प्रकाश थाम्सुहाङलाई प्रदान गरिने नेम्बाङका कान्छा छोरा नन्दहाङ नेम्बाङले जानकारि गराए ।

पिता नरबिर नेम्बाङ र माता पद्मदेबि आङदेम्बे नेम्बाङको ११ भाइ छोरा ११ बहिनी छोरि मध्येको जेठा दिब्यबिक्रम नेम्बाङको जन्म बिक्रम सम्बत १९९७ सालमा साबिक पौवासारताप वडा नं १ स्थित पौवा गाउँ हालको फाल्गुनन्द गापा वडानं ३ मा भएको थियो । उहाँले गाउको मनरत्न मिडिल स्कुलबाट औचारिक अध्ययन शुरु गरि दार्जिलिङबाट म्याट्रिक पास गर्नु भएको थियो ।

तत्कालिन राजा महेन्द्रले बहुदलिय ब्यवस्थाको अपहरण गरेपछि २०१७ सालको क्रान्तिमा संलग्न उहाँ एक प्रतिबद्ध होनहार कंग्रेस कार्यकर्ता हुनुहुन्थ्यो । पार्टीका कारण क्रान्ति, प्रवास, भुमिगत ब्यहोरेका नेम्बाङ हालको सार्ताप माबि सार्तापको हेडमास्टर भइ लामो समय सम्म शिक्षण पेशामा संलग्न हुनुभयो । अध्ययनमा ठुलो रुचि भएका उहाँको तत्कालिन दार्जिलिङबाट प्रकाशित हुने दिपक लगायत विभिन्न पत्र पत्रिकामा कथा, निबन्धहरु प्रकाशित छन् ।