समाचार

सोह्र लाख लुटिएको भनि उजुरी दिने व्यक्ति आफैँ पक्राउ

काठमाडौँ । जिल्ला अररिया ठाना पुल्काह ग्राम भरर बिहार भारत घर भई हाल का.जि. का.म.न.पा.१५ डल्लु बस्ने बर्ष २२ को मनोज कुमार शाहले आईतबार अन्दाजी १३:३० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. २२ स्थित पाको न्युरोडमा माक्स लगाएका अज्ञात २ जना व्यक्तिहरु मो.सा.मा आई म सँग भएको नगद रू १६,००,०००।– (सोह्र लाख) लुटी लगेको भन्ने खबर यस परिसरमा प्राप्त भए पश्चात यस परिसरवाट समेतसो वडा एरिया तर्फ बिशेष प्रहरी टोली खटी गई उक्त स्थानमा पुगे पश्चात निज मनोज कुमार शाह (पीडित)ले भने बमोजिम घटना स्थल साथै सो वरपरका सि.सि.टि.भी. फुटेज हेर्दा त्यस्तो कुनै घटना भएको नदेखिएको जानकारी दिए ।

निज मनोज कुमार शाहले रकम निकालेको फुटेज देखिएको, निज मनोज कुमार शाहले भने अनुसारको घटना घटना स्थल वरपरमा रहेका सिसिटिभि क्यामेरा तथा सो स्थानमा रहेका ब्यक्तिहरु समेतबाट नबुझिएको, सो वडा एरियामा अपरिचित व्यक्ति तथा मोटरसाइकल समेत सिसिटिभि क्यामेरा मा नदेखिएको हुँदा अनुसन्धान गर्दै जाँदा निजले नै सो रकम लुकाएको र कपोकल्पित घटना बनाएको भन्ने शंकामा निजसँगनै सोधपुछ एवं अनुसन्धान गर्दा निज मनोज कुमार शाहले गोयल कम्पनीमा विगत ३ महिनादेखि पेइमेन्ट रिसिभ्ड गरि कम्पनीको खातामा रकम जम्मा गर्ने काम गर्दै आईरहेको हुँदा आज निजले बैमानी पुर्वक ठगीखाने नियतलेनिजको का.जि. का.म.न.पा.१५ डल्लु स्थित कोठामा राखेको भन्ने बुझिन आएकोले निजको कोठामा गई खोजतलास गर्दा उक्त रकम निज बैंकमा जम्मा नगरी आफ्नै कोठाको दराजमा राखेको फेला परेको र सो रकम लुटीएको घटना बनाई निजले गोयल कम्पनीको रकम आफैले राख्न खोजेको पाईएकोले निजलाई पक्राउ गरि यस परिसरमा ल्याई थप अनुसन्धान कार्य जारी रहेको जानकारी दिए ।