राजनीति

पत्रकार पुडाशैनीको हत्या अभियोगमा रवि लामिछानेलाई थुन्नु गैरकानूनीः नुवाकोट काँग्रेस

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले पत्रकार शालिकराम पुडासैनीको मृत्यु मानसिक यातना, दबाब र अन्यायको परिणामस्वरुप भएको भन्दै निश्पक्ष छानविनसहित दोषीृपर कारबाही गर्नुपर्ने बताएको छ । नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले सीधा कुरा जनतासागका प्रश्तोता रवि लामिछानेले अनुसंधानका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको सार्बजनिक प्रतिबद्धता अपानाएको भएपनि उनलाई कार्यक्रम स्थानबाट नै पक्राउ गरि हिराशतमा राख्नु निन्दनीय कदमको संज्ञा दिएका छन् ।

‘घटनाको प्रकृति र त्यसअघि पत्रकार शालिकरामले भिडियो रेकर्डमा दिएको मृत्युको घोषणा हेर्दा स्वाभाविक आत्महत्या हो कि हत्या हो भन्ने गम्भीर प्रश्न उठेको छ,’ केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएके छ ।

मृतकले असाधारण दबाबपछि बाध्यतापूर्वक वक्तब्य दिन विवश भएको आशंका गरिएको छ। ‘षड्यन्त्रको सिद्धान्त अनुरुप यसै काण्डमा कसैलाई फसाउने दुरासय हो वा आत्महत्या नै हो?’ शंका उब्जिएको कााग्रेसको ठहर छ ।

पत्रकारलाई टेलिभिजनहाताभित्रबाटै पक्राउ गर्नु पे्रेश स्वतन्त्रतामाथी हनन् भएको बताउँदै कसैलाई पीडित बनाउँदै निहित स्वार्थ पूरा गर्न खोज्ने आपराधिक तत्वले यसबाट कुनै पनि रुपमा नाजायज लाभ लिने अवसर नपाओस् । पक्राउ परेका वा मृत्यु भएका कोही पनि अन्यायको शिकार नबनुन्,” भनिएको छ ।

नुवाकोट बेलकोटगढी–३ का पुडासैनीको मृत शरीर नारायणगढस्थित एक होटलमा साउन २० मा भेटिएएका थिए । पहिला रवि लामिछानेसंग नै सहकर्मीको रुपमा कार्यरत पुडाशैनी पछिल्लो समयमा माउण्टेन टेलिभिजनमा कार्यरत थिए । उक्र घटनामा आयोग बनाएर छानबिन गर्न समेत माग गरिएको छ ।