प्रदेश 1

दुई केजी गाँजासहित ५४ वर्षीय दाहाल पक्राउ

भद्रपुर । झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाका ५४ वर्षीय तीर्थराज दाहाललाई प्रहरीले दुई केजी ७०० ग्राम गाँजासहित आज पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दाहाललाई उनकै घरबाट गाँजासहित पक्राउ गरेको हो । उनलाई इप्रका झिलझिलेमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।