आर्थिक

मुक्तिनाथको ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ नामक अभियान सञ्चालन

मुक्तिनाथ विकास बैंकअन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।

यस अभियानअन्तर्गत तोकिएको अवधि भित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउनुहुने वाकुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिनुहुने सम्पुर्ण ग्राहकवर्गहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिनेछ ।

७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लूतुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट फोन सेट, ७ जनालाई टि.भि ३२” स्मार्ट एच्.डि, ५ जनालाई फ्रिज २०० लिटर, ३ जनालाई ल्यापटप, १ जनालाई स्कुटि वितरण गरिनेछ ।

भाग्यशाली विजेताहरुको घोषणा यस बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल ( धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली) बाट २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको फेसबुक पेजमार्फत लाईभ गरिनेछ । बैंकले यस अभियानबाट अत्याधिकविप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११८ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ए.टि.एम् बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खातातथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।