शिक्षा

मनोहर माविमा नयाँ भवन भवनको उद्घाटन

काठमाडौँ । टोखा नगरपालिकास्थित मनोहर माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार, स्थानीय तह र अभिभावकको चन्दा सहयोगबाट निर्मित सो भवनको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आज विद्यालयमा आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

नगर प्रमुख अधिकारीले सामुदायिक विद्यालयलाई गुणस्तरीय र पूर्वाधार सम्पन्न बनाउन आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । विनाशकारी भूकम्प जानुअघि निर्माण शुरु भएको सो १२ कोठे चारतले भवन कूल रु एक करोड ६९ लाख ९२ हजार लागतमा निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक वासुदेव अधिकारीले जानकारी दिए ।

उद्घाटनका अवसरमा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल, काठमाडौँ जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेल, वडा नं १० का अध्यक्ष मधुसुदन पाण्डेलगायतले विद्यालयको थप प्रगतिको कामना गरे । विसं २०१९ मा स्थापित सो विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म ९८५ विद्यार्थी र ५२ शिक्षक छन् ।