स्वास्थ्य

मुटुरोग परीक्षण शिविर सञ्चालन

सुर्खेत । तीज पर्व नजिकिँदै गर्दा यहाँको एक महिला समूहले मुटुरोग परीक्षण शिविर सञ्चालन गरेको छ । पोखरा उपमहानगरपालिका–१७ स्थित घारीकुलो आमा समूहले रमाइलोभन्दा पनि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर आफ्नो समूहका सदस्य एवं समाजका अन्य विपन्नवर्गलाई लक्षित गरी सो शिविर आयोजना गरेको हो ।

आहार, बिहारलगायत विभिन्न कारणबाट मुटुरोग समस्याको रूपमा देखिएको वर्तमान अवस्थामा तीज पर्वको अवसर पारेर सचेतना एवं मुटुरोग परीक्षण शिविर राखिएको समूहका अध्यक्ष आशा श्रेष्ठले जानकारी दिए ।

जयन्ती मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा १०० जनाको मुटुरोग परीक्षण गरिएकमा १० जनामा समस्या देखिएको प्रतिष्ठानका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संयोजक सविता मैनालीले जानकारी दिए ।

पछिल्लो समय मध्यपान, धुमपान तथा शारीरीक परिश्रमको अभावमा महिलामा मुटुको समस्या बढ्दै गएको एक तथ्याङ्कमा उल्लेख छ । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा आशिश त्रिपाठी र डा अमृत पाखरेलले मुटुरोग परीक्षण गरेका थिए ।