राजनीति

डा भट्टराईले एकाबिहानै यसरी सम्झिए पृथ्वीनारायण शाह, कतै रााजतन्त्र हटाएकोमा पश्चाताप त होईन

काठमाण्डौ। संघीय समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पृथ्बीनारायण शाह लाई सम्झिएका छन् । उनले बृथ्बी नारायण शाह गारेखामा जन्मिएको घर अलपत्र भएको तस्विर फेसबुकमार्फत सार्बजनिक गर्दै पछिल्लो समयमा घुष लिन्या र दिन्या दुबै अपराधी हुन् भन्ने नेपाल निर्माता शाह ब्रम्हाण्डको कुनै कुनाबाट हेरेका भए प्रश्न गरिरहेका हुनुपर्ने उनको तर्क छ ।

१० बर्षे माओबादी जनयुद्धबाट राजतन्त्र फाल्न र गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका डा भट्टरईले राजसंस्थाप्रति मोह देखाएको अनुमान लगाउन सकिन्छ । डा  भट्टराईले बृथ्वीनारायणलाई सम्झिदा रााजतन्त्रकाो धगंधगी वा राजतन्त्र हटाएको कतै पश्चाताप पो लागेको हो कि जस्तो देखिन्छ । उनले पहिले साँस्कृतिक राजा राख्न सकिने सार्बजनिक कार्यक्रममा बताईसकेका थिए ।

उनले सामाजिक संजाल फेसबुकमा लेलेको स्टाटस

“सत्रौं सताब्दीमा राम शाहले बनाएको र अठारौं शताब्दीमा पृथ्वीनारायण शाह जन्मेकोरहुर्केको गोरखा दरबारको पुनर्निर्माण बर्षौदेखि अलपत्र देख्दा कसको मन नकुँडिएला ?

स्थानीय जौवारीका श्रेष्ठ थरका ठेकेदार लामो समयदेखि गायब छन् तर सत्ताधारी पार्टीरनेताको आड़ पाएका ती ठूला माछालाई छोए जागीररपदोन्नति धरापमा पर्ने डरले पुरातत्व विभागका हाकिम तैं चूप मैं चूप छन्!

गोरखाको प्रमुख पर्यटक आकर्षणको केन्द्रलाई सत्यानाश गरेर अझै समृद्धिको डिंग हाँक्ने कमरेडहरूलाई कति कुरीकुरी भन्ने !”