प्रवास

विदेशमा बस्ने नेपालीसंग नेपाल देशको छवि गाँसिएको छः विश्वप्रकाश शर्मा

डेनमार्क । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गाँउमा संचार, यातायातमा विकास भएर नेपालभित्रको दुईटा नेपाल हटेपनि नेपाल भित्रको नेपाल र नेपाल बाहिरको नेपाल गरी दुईवटा नेपाल भएको बताएका छन्। अब त्रिभूवन विमानस्थलबाट सात समुन्द्र पार गरेपनि देश विकासमा मन र धन दुबै कुराबाट सहयोग गर्न सकिने बताए ।

देश बनाउने भनेको प्रधानमन्त्री वा कुनै पार्टी वा कुनै एक व्यक्तीलेमात्र नभई किराना पसलमा काम गरिरहनुभएको मान्छे, प्रहरीको सिपाहीँ, जुत्ता सिलाउने दाई सबैले भूमिका खेल्नुपर्ने बताएका छन् । उनले देश बन्नुमा कुन बाटो अपनाउने? नेपाल नबन्नुको कारण के हो ? भन्ने सबैले खोज्नुपर्ने विचार व्यक्त गरे ।

२००८ मा आर्थिक मनदी हुंदा ४ प्रतिशत अमेरिकन गुजारा गर्न बाहिर देश गए, अहिले दोब्बर बाहिर छन्, नेपालबाट नेपाली बाहिर गएरमात्र देश नबनेको भन्ने कुरा गलत भएको जिकिर गर्दै आफू पहिलोपटक डेनमार्क आउदा कोही साथीहरु नभेटेको भएपनि अहिले नेपालीहरुले विदेशमा राम्रो प्रगती गरेको दाबी गरे । आफूले स्वीडेनमा नविन थपलीयालाई सम्झिएको बताउँदै शेष घले लगायतका नेपालीहरुले देशको ईज्जत बचाएको दाबी गरे । नेता शर्माले १० बर्षपछि विश्वभर नेपालीहरु बढ्ने दाबी गर्दै एनआरएनको निर्बाचनमा उमेर्द्वार हुँदा देशको लागि विश्वको अनुभव ल्याउन सल्लाह दिए ।
जारतन्त्र, गणतन्त्र, काठमाण्डौको धुलो संघीयता सबै विदेशमा बस्ने नेपालीमा गाँसिशएको भन्दै एनआरएनले ५० बर्षपछिको पुस्ताको लागि काम गर्नुपर्ने बताए । उनले संसारभरबाट नेपालीहरुले पठाएको नोट चल्छ भने भोट् नचल्ने कुरा गलत भएको दाबी गर्दै संबिधान संसोधन गरेर भएपनि विदेशमा बसेका नेपालीहरुले मतदान गर्न पाउनुपर्ने विचार व्यक्त गरेका छन् ।

संसारका सबै देशले स्वतन्त्रता दिवश मनाउदा पनि हाम्रो देशमा स्वतन्त्रता दिवश क्यालेण्डरको कुनैपनि पानामा नभएकोमा सबै नेपालीले गर्व मान्नुपर्ने भन्दै नेपालको समृद्धिका लागि एनआरनका साथीहरुको बाटो, विजुली लगायतका कुरामा सहयोग आवश्यक्ता रहेको बताए । उनले आफूहरुले एक बर्ष सरकार चलाउदा एकदिनपनि काँग्रेसले नेपाल बन्द नगरेको भन्दै सरकारले नेपाली जनताको भावनालाई समेटेर अगाडी बढे आफूहरु स्थीर सरकारको पक्षमा रहेको र बर्तमान सरकारलाई सहयोग गरिरहने दाबी गरे । उनले बन्द नगर्नु काँग्रेस प्रतिपक्षमा कमजोर भएको आरोप लाग्ने गरेको दाबी गर्दै त्यसो नभएको बताए । विदेशमा बसेका नेपालीहरुले पठाएको पैसाले रिमिट्यान्सले देश चलाउन सहज भएको भन्दै देशका सबै बाँझो जग्गामा उत्पादन हनतिर परिवारलाई केन्द्रीत गर्न विदेशमा बस्ने नेपालीहरु लाग्नुपर्ने दाबी गरे । एनआरएनको नयाँ नेतृत्वमा कुमार पन्त वा कुल आचार्य जो नेतृत्वमा दुबै कु आउने भन्दै भिजन बनाएर आउन आग्रह गरे ।