राजनीति

विगतका सम्झौता कार्यान्वयनमा नेकपाले चासो देखाएन, अब सरकार छाड्छौंः अध्यक्ष यादव

काठमाण्डौ । संघीय समाजबादीका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका सम्झौता पुरा नभए आफूहरुले सरकार छाड्ने चेतावनी दिएका छन् ।

उपप्रधान एबम् स्वास्थ्य मन्त्री समेत रहेका यादबले नेकपा सरकारलाई दुईतिहाई मत पुर्याउन सहयोग गर्ने भन्दै निर्बाचन प्रणाली, शासकीय स्वरुप लगायतका कुराहरुमा संबिधान संसोधन गर्नुपर्ने भएपनि सरकारले जनताका समस्यामा चासो नदिएको दाबी गरे ।

गोरखाको एक कार्यक्रममा सहभागी हुन गएका यादवले सरकारले विगतमा भएको सहमतीलाई कार्यान्वयनतिर ध्यान नदिए संघीय समाजबादीले सरकार छाड्नु बाध्यता हुने बताए ।