समाचार

मानवअधिकार र पत्रकारितासम्बन्धी अभिमुखीकरण तालीम

भद्रपुर । झापाको विर्तामोडमा मानवअधिकार र पत्रकारितासम्बन्धी अभिमुखीकरण तालीम भएको छ । राष्ट्रिय मानवअधिकार आयोग र हरिहर भवन ललितपुरको संयुक्त आयोजनामा आज भएको कार्यक्रममा आयोगका उपनिर्देशक श्यामबाबु काफ्लेले प्रशिक्षण प्रदान गरेका छन् ।

उनले मानवअधिकारको सम्बन्ध व्यक्ति र राज्यसँग रहने बताउँदै मानिसको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक हक सबैले समानरूपमा पाउनुपर्ने बताए ।

आयोगका अर्का निर्देशक डा टीकाराम पोखरेलले मानवअधिकार र पत्रकारिताका विषयमा प्रशिक्षण दिँदै मानवअधिकारको उल्लङ्घन हुने गरी पत्रकारिता गर्न नहुनेमा जोड दिए । अभिमुखीकरण कार्यक्रममा झापाका ४० बढी सक्रिय पत्रकारको उपस्थिति थियो ।