समाचार

प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका बस्नेतप्रति सभापति देउवाको श्रद्धाञ्जलि

भद्रपुर । प्रजातान्त्रिक आन्दोलनका योद्धा टुङ्गबहादुर बस्नेतप्रति समवेदना व्यक्त गर्न नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज झापा आएका छन् ।

विर्तामोडस्थित बस्नेत निवास नै पुगेर ९७ वर्षीय स्व बस्नेतको नवौँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलि व्यक्त गर्दै उनी र बस्नेत परिवारले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको उनले चर्चा गरेका थिए । उनले स्व बस्नेतको तस्वीरमा माल्यर्पणसमेत गरेका थिए ।