अन्तर्राष्ट्रिय

डुङ्गा डुब्दा सात व्यक्तिको मृत्यु

जिनान,चीन । चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा शुक्रबार अपराह्न समयमा भएको एक डुङ्गा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई बेपत्ता भएका स्थानीय तटिय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार शुक्रबार ५ः५५ बजे अपराह्न सो घटना भएको थियो । उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गईरहको सो डुङ्गा बन्दरगाह शहर रिझाओनजिकै उच्च वेगमा आएको हावाको कारण पल्टिएको बताइएको छ ।

स्थानीय समयानुसार शनिबार ११ बजे सात व्यक्तिको शव फेला परेको र वेपत्ता व्यक्तिहरुको खोजी कार्य भईरहेको जनाइएको छ । डुङ्गा दुर्घटना भएको उक्त समयमा ५० मिटर प्रति सेकेण्डको हिसाबबाट हावा चलेको अधिकारीहरुले जानकारी दिएका छन् ।