पर्यटन/संस्कृति

तिजका अवसरमा युवा सङ्गम समूहद्वारा सरसफाइ

पोखरा । नेपाली महिलाहरुको महान् चाड हरितालिका तिजका अवसरमा बागमारा युवा सङ्गम समूहले पोखरा महानगरपालिका–३३ मा आज सरसफाइ गरेको छ ।

सरसफाइमा सामाजिक सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ यहाँस्थित बरेली चोक, पानी ट्याङ्की, फेदीको चौतारा, महाकाली चोक, लुतेको चौतारालगायतका स्थानमा सरसफाइ गरिएको बागमारा युवा सङ्गम समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिउ ।

समूहले हरितालिका तिजकै अवसरमा विगत चार वर्षयता गर्दै आएको तिज गीत, मैत्रीपूर्ण भलिबल, ठेलो हान्ने, डोरी तान्नेलगायतका प्रतियोगितात्मक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने उन्ले बताए ।